विश्वकप खेल्ने नेपाली चेलीको सम्भावना जीवितै, युएई ७ विकेटले पराजित

१० फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
13 Shares


बुटवल – आइसिसी महिला टी–२० एसिया क्षेत्रीय छनोटमा नेपालले युएईलाई ७ विकेटले हराएको छ। थाइल्याण्डको बैंककमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले दिएको ४२ रनको चुनौती नेपालले ३ विकेट गुमाएर पूरा गर्‍यो। पहिले व्याटिङमा आएको युएईले १७ दशमलब ३ ओभरमा ४१ रन मात्रै बनाउन सक्यो।

युएईकी चामिनी सेरेभिरान्ताको १३ रनबाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् युएईको इनिङ ध्व्सत बनाउन नेपाली बलर नेरी थापाले ४ विकेट लिइन भने सरिता मगर, कविता कुँवर र सोनु खड्काले समान दुई दुई विकेट लिए। जवाफी व्याटिङ गरेको नेपालले १० दशमलब २ बलमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका लागि ओपनर काजल श्रेष्ठले १५ रन बनाइन् भने सरिता रानामगर ६ रनमा आउट हुँदा अप्सरा बेगम शून्यमा पेभिलिएन फर्किइन्। नेपालकी रुविना क्षेत्रीले १८ रनको नटआउट पाली खेलिन्। यो जीतसँगै नेपालको विश्वकप खेल्ने सम्भावना जिवितै रहेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले हारेको थियो। नेपालले अब अर्को खेल आइतबार हङकङसँग खेल्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा