अमेरिका र भारतका सेनालाई पछि पार्दै सेनानी कार्की भए प्रथम

१० फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि सं २५ कमाण्ड तथा स्टाफ तालिमको बिहीबार समापन भएको छ। उक्त तालिममा नेपाली सेनाका तर्फबाट पहिलोपटक एकजना महिलासहित ४९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १र१ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र बंगलादेश, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाका १–१ र चीनबाट २ गरी १० विदेशी शिक्षार्थीसहित जम्मा ६२ जना अधिकृतहरुले सो तालिम सफलतापूर्वक सम्पन्न गरी दिक्षित भए।

सन् २०१० बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्न देशका ७३ जना विदेशी शिक्षार्थीहरु दीक्षित भइसकेका छन्। उक्त तालिमको मास्टर्स इन स्टाटेजीक स्टडीमा नेपाली सेनाका सेनानी प्रतिकसिंह कार्की प्रथम भए। कमन्डेन्ट पेपरमा नेपाली सेनाकै सेनानी सुनिल विष्ट र सेनानी प्रतिकसिंह कार्की संयुक्त रुपमा प्रथम भए। दीक्षान्त समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले कमाण्ड तथा स्टाफ तालिममा प्रथम हुने सेनानी प्रतिकसिंह कार्कीलाई उत्कृष्ट शिक्षार्थी पुरस्कर दिए। कार्यक्रममा, विदेशी सैनिक सहचारीहरु, वरिष्ठ प्राध्यापकहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, विभिन्न विषयका प्राज्ञहरुलगायत नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीहरूको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण