अष्ट्रेलियामा अलपत्र विद्यार्थीकाे समस्या बुझ्न छानबिन समिति

प्रकाशित मिति:

काठमाडौं – अष्ट्रेलियामा नर्सिङ अध्ययन गर्न गएका १२ विद्यार्थी अलपत्र परेपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले घटनाबारे अध्ययन अनुसन्धान गर्न छानविन समीति गठन गरेको छ। शिक्षा,विज्ञान तथा प्राविधि मन्त्री गिरीराजमणी पोखरेलले अष्ट्रेलियामा पढ्न गएका विद्यार्थी कसरी र किन अलपत्र परे, विद्यार्थीको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न घटना अध्ययन तथा समस्या समाधान गर्न छानविन समीति गठन गरेको बताए। मन्त्री पोखरेलले मन्त्रालयको उच्चशिक्षा शाखाका सहसचिवको संयोजकत्वमा पाँच सदसीय छानविन समीति गठन गरेको बताए। सहसचिव देवकुमारी गुरागाइँको संयोकत्वमा गठन भएको समीतिले छिटो भन्दा छिटो प्रतिवेदन बुझाउने छ।

‘मैले अष्ट्रेलियन सरकारको नर्सिङ काउन्सिल (एनम्याक)को मान्यतानै नपाएको एआइबीटि कलेजमा किन र कसरी धेरै नेपाली विद्यार्थी गए,त्यस्ता कलेजमा एनओसि कसरी इसु भयो , शैक्षिक परामर्श दातृ निकायले कसरी त्यस्ता कलेजमा पठाएलगाएतबारे अध्ययन अनुसन्धान गर्न समीतिलाई अधिकार दिएको छ,’शिक्षामन्त्री पोखरेलले नागरिकसँग कुरा गर्दै भने‘विदेशमा उच्च शिक्षा अध्ययन गर्न मन्त्रालयले दिने एनओसिलाई कसरी ब्यवस्थित गर्न सकिन्छ। हाम्रो कमीकमजोरी कहाँ छन्। अष्ट्रेलियालाई किन एजुकेशन हबनै बनाइयो यसबारे गहन र सुक्षम अध्ययन गर्न समीतिलाई निर्देशन दिएको छु।’उनी थप्छन्‘अलपत्रमा परेका मन्त्रालयमा अहिलेसम्म ७४३को तथ्याँक मात्र प्राप्त भएको छ। थप आउने क्रममै छ।सबै तथ्याँकहरु संकलन गर्ने काम हाम्रो मन्त्रालयले गरिरहेको छ।’

मन्त्री पोखरेलले नेपाली विद्यार्थी विदेशी भूमिमा अलपत्र परेको विषयले आफुलाई निकै दुःखी बनाएको बताउँदै उनले समस्या समाधान गर्न मन्त्रालयले विहिबारै परराष्ट्र मन्त्रालय र अष्ट्रेलियामा रहेको नेपाली दुतावाससँग समेत कुराकानी गरेको बताए।‘म आफै पराषट्र मन्त्रालय र अष्ट्रेलियस्थित नेपाली दुतावासका राजदुतसँग समस्यामा परेको विद्यार्थीको समस्या छिटो भन्दा छटो समाधान गर्न छलफल गरिरहेको छु,’मन्त्री पोखरेलले भने‘विद्यार्थीको भविष्य सुरक्षित कसरी बनाउने हाम्रो पहिलो कदम हुने छ।’ मन्त्री पोखरेलले पनि सम्बन्धित देशको सरकारी स्वीकृति नै नभएको कलेज तथा शैक्षिक निकायमा हाम्रो विद्यार्थी कसरी पुग्ने गरेकोबारे छानगरी यस्ता गतिविधिलाई अन्त गरिने मन्त्रालयको मुख्य उदेश्य रहेको बताए। शिक्षा मन्त्रालय,अष्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्श दाताहरुको गम्भीर लापारवाहीका कारण १ हजार २ सय विद्यार्थीको भविष्या वर्वाद भएको छ।

अष्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अष्ट्रेलियन इनस्टीच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबीटी)ले अष्ट्रेलियन सरकारको अध्ययन स्वीकृतिनै नलिएर सुरु गरेको कोर्षमा विद्यार्थी भर्ना लिदा यस्तो समस्या सृजना भएको हो। त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्श दता , अध्ययनकोलागि कुनै आपत्ति छैन भन्दै आँखानै चिम्लर े अध्ययन अनुमति पत्र (नोअब्जेक्सन) लेटर स्वीकृति दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा भर्नाकोलागि पनी भिसा स्वीकृति दिने अष्ट्रेलियन दूतावासको चरम लापरवाहीकै कारण १२ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको हो। एआइबीटी कलेजले नर्सिङ विषयको अध्यन अध्यापनको स्वीकृति अष्ट्रेलियन सरकारको नर्सिङ काउन्सिलबाट नलिएरै सन् २०१७को डिसेम्बर इनटेककोलागि नेपालको विभन्नि शैक्षिक परामर्श दातृ निकायहरुलाई कमिसनको प्रलोभनमा पारेर धमाधम भर्ना लियो। अष्ट्रेलियामा कुनै पनि नर्सिङ कलेजले पठनपाठनकोलागि अष्ट्रेलियन सरकारकाको आधिकारीक निकाय द अष्ट्रेलियन नर्सिङ एन्ड मिडवाइफेरी एक्रिडेसन काउन्सिल(एनम्याक)बाट अनिवार्य स्वीकृति लिनु पर्ने त्यहाको बाध्यकारी सरकारी नियमलाई लत्याउँदै एआइबीटी कलेजले १२ सय नेपाली विद्यार्थीको भर्ना लियो। एनम्याकको स्वीकृति विना विद्यार्थीले हासिल गरेको नर्सिङ शैक्षिक प्रमाणपत्र कुनै काम लाग्दैन।

यति मात्र होइन एआइविटिलाई एनम्याकले मापदन्ड नपुगेको भन्दै सम्बन्धन नदिएपछि अष्ट्रेलियन सरकारको कलेज संचालक गर्न अनुमति दिने अष्ट्रेलिया स्कील क्वालिटि अथोरिटि(एएसक्यु ) ले समेत खारेजी गरेपछि त्यहा अध्ययन गरिरहेका अन्य विषयहरु आइटि, विजनेसलगाएतका विषयहरुमा अध्ययन गरिरहेका करिब ३ हजार विद्यार्थीहरुको समेत भविष्य चौपट बनेको छ।

नागरिकको सम्पर्कमा आएकी काठमाडौं जोरपाटीकी सब्रीसा खरेलले २ वर्षे नर्सिङ अध्ययनकोलागि सन् २०१७ डिसेम्बर १२मा अष्ट्रेलियको सिड्नीमा रहेको एआइबीटि पुगेकि सुनाइन्। उनले अध्ययनको सबै प्रकृया पुतली सडकमा रहेको सनराइज कन्सल्टेन्टीबाट गरेकि हुन्। उनको कलेजबाट अफर लेटर आउँदा त्यतिखेर कलेज अष्ट्रेलियन स्कील क्वालिटि अथोरिटि (एएसक्युए)बाट मात्र मान्यता प्राप्त रहेको र एनम्याकको स्वीकृति प्रकृयामा रहेको लेखिएको थियो। उनले यसबारे प्रकृया थालेको सनराइज कन्सल्टेन्सी संचालकसँग कुरा राख्दा सन् २०१८ को सेपटेम्बरमा स्वीकृति पाउने विश्वास दिलाएपछि उनले एआइबीटीलाई डेढ वर्षको २५ हजार डलर तिरेर अफर लेटर साइन गरिन्। ‘म कलेज पुगेपछि पनि सोधिखोजी गरे तर कलेजले पनि सन् २०१८ को सेपटेम्बरमा जसरी पनि एनम्याकको स्वीकृति पाउने विश्वास दिलायो। तर दुइ साता अघि मात्र हामी सबै नेपाली विद्यार्थीहरु आफै एनम्याक पुगेर सोधिखोजी गर्दा पो एआइबीटीलाई एनम्याकले नर्सिङ कक्षा संचालको मापदन्ड नपुगेको भन्दै सम्बन्धनको प्रकृयानै अस्वीकृत गरेको थाह पाए,’पिडित खेरले नागरिकसँग अष्ट्रेलियाबाटै कुरा गर्दै भनिन्‘त्यसपछि हामीलाई कलेजसँग हामीलाई अन्य कलेज सार्न रिलिज लेटर माग्यौं। तर कलेजले दिनै मानेन।’ उनले भावुक हुदै भनिन‘उल्टै हामीसँग १२ बजे राति इमेल गरेर ६ महिनाको थप ५ हजार डलर पो माग्दा हामी आश्चर्यमा पर्यो। साथै कलेजले आइएलटिएसमा प्रत्येकमा ७ प्वाइन्ट माग्यो।’

अष्ट्रेलियन सरकारको एनम्याकले कलेज संचालन स्वीकृति नदिएपछि एआइबीटि कलेजलाई मंगलबारदेखि एएसक्युएले समेत खारेजी गरीसकेको छ। यसले गर्दा त्यहा अध्ययनरत सबै विद्यार्थीको कुनै पनि शैक्षिक प्रमाणपत्र बजारमा वेकामे भएको छ। ्कलेजलले दुइ वर्षे नर्सिङ डिप्लोमा कोर्षको ३० हजार डलर तोकेको छ। दुई वर्ष अघि मात्र यस कलेजले नर्सिङ विषयको पठनपाठन सुरु गरेको हो। यति मात्र होइन विद्यार्थीहरु दुई वर्षे नर्सिङ कोर्षकोलागि गएकोले उनीहरुको भिसाअवधि समेत सकिने क्रममा छ। ‘हामीले अष्ट्रेलियमा समस्यामा परेका विभिन्न विद्यार्थीहरुलाइ सहयोग गर्ने काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट(सिसा)का अध्यक्ष त था टिपिएसका प्रतिनिधिहरुसँग समेत समस्या समाधान गर्न पहल गरिदिन आग्रह गरेका छौं,’मन्त्री पोखरेलले भने ‘साथै अष्ट्रेलियन सरकारसँग समेत दुतावासले छलफल अघि बढाएको खबर पाएको छु।’