केकीको झिमिक्कै परेली

१० फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
36 Shares


काठमाडौँ /अहिले नेपाली अभिनेत्रीहरु फिल्म र म्युजिक भिडियोमा सराबरी छाउन थालेका छन् । यसमा प्रियंका कार्कीदेखि आँचल शर्मासम्म छन् । यही पंक्तिमा लामबद्ध भएकी छिन्, केकी अधिकारी पनि । केकी अभिनित म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

गीतको बोल छ, झिमिक्क परेली ।यो गीत आर्जन पान्डे र मेलिना राइले गाएका हुन् । रोमान्टिक शैलीको गीतलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । भनिहालौं, विशालले यसअघि फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए । यसको कार्यकारी निर्माता केकी नै थिइन् ।

विशालले निर्देशन गरेको म्युजिक भिडियोमा केकीसँगै गायक आर्जन पान्डेलाई देख्न सकिन्छ ।फिल्मी शैलीमा निर्माण गरिएको उक्त भिडियो चलनचल्तीका भिडियोभन्दा केही पृथक छ । अर्जुन तिवारी र उनको समुहले छायांकन गरेको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया