धर्मको रक्षा गरे धर्मले हाम्रो रक्षा गर्छ : सभापति श्रेष्ठ

प्रकाशित मिति:

रमेश विश्वकर्मा / गुल्मी –  नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले देशमा अहिलेसम्म भएका परिवर्तन सबै राजनीतिक दल एकजुट भएर मात्र भएको बताएका छन‍् । देशमा भएको आमुल परिवर्तन कुनै एउटा राजनीतिक दलले मात्र नगरेको सबै राजनीतिक दल एक ठाउँमा उभिएको भन्दै सबै राजनीतिक दल एकजुट भएमा मात्र अहिले देशको विकास र समृद्धि सम्भव रहेको बताए। जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ अरेवामा रहेको श्री जनज्योती माध्यमिक विद्यालयले आफ्नो ६० औं वर्षको अवसरमा आयोजना गरेको हिरक महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले जवसम्म सबै रानीतिक दल एक ठाउँमा उभिंदैनन तवसम्म देशमा न त देशमा विकास न त समृद्धि कुनै पनि सम्भव नहुने बताए।

राजनितिक दल र नेपली जनताको त्याग र बलिदानका कारण देशमा आमूल परिवर्तन भएको भन्दै उनले देशमा भएका परिवर्तन कुनै राजनीतिक दल विशेषले गरेको हुँ भन्ने कुरा आफुलाई सह्यि नहुने बताए।२००७ सालको क्रान्तीपछि शैक्षिक नवजागरण युगको प्रारम्भ भएको थियो उनले भने –‘हामीले रैतिबाट नागरिक बनायौं । सवल, सक्षम, सिप ज्ञानयुक्त र क्षमतावान नेपाली जनता बनाउँन सक्छौ की सक्दैनौ भनेर २०१६ सालपछि शिक्षा क्षेत्रमा धेरै परिवर्तन भयो ।’ देश अध्यारोबाट उज्यालोतर्फ लम्कीदै गरेको तर नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको भन्दै सभापति श्रेष्ठले प्राविधिक शिक्षा लागुहुनु पर्नेमा विशेष जोड दिए।

त्यस्तै योग्दानमा सुरक्षा कोष ऐन २०७४ श्रावण २९ गते नेपाली कांग्रेसको पालामा स्वीकृत भई २०७४ मंसिर महिना देखि लागु भएको हो तर वर्तमान सरकारले हामीले गरेको भन्दै जनतालाई भ्रम छर्दै हिडेको छ उनले भने–‘जनताका माझमा गएर यसरी भ्रमको खेती नगर्नुहोस ।’ वर्तमान सरकारले देशभित्रै रोजगारका अवसरहरु खोज्छौ भनेता पनि अहिले सरकार दिनदिनै श्रम गन्तव्य खोज्दै विश्वका विभिन्न देशहरु चारिरहेको सभापति श्रेष्ठले भने ।हामीले धर्मको रक्षा गर्‍यौं भने धर्मले हाम्रो रक्षा गर्छ भन्दै उनले भने, ‘पछिल्लो समय विभिन्न कोणबाट हिन्दु धर्ममाथी प्रहार गर्ने काम भईरहेको छ र राज्य पक्षबाटै हिन्दु धर्मलाई राज्य पक्षबाटै खुल्याउने काम भईरहेको, यो काम नेपाली जनताको नजरमा नलुकेको छ।’‘आध्यात्मिकताको माध्यमबाट भौतिक विकास र धार्मिकताको माध्यमबाट सामाजिक विकास गर्न सकिन्छ’ उनले भने ।