स्वस्तिमाको अभिनयको खुलेरै प्रसंसा गरिन नायिका केकी ले

१० फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
29 Shares


काठमाडौँ/शुक्रवारबाट बोल्ड अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘बुलबुल’ ले दोस्रो सातामा प्रदर्शन आरम्भ गरेको छ । पहिलो हप्ता अपेक्षाकृत व्यापार गर्न चुकेको फिल्मले दोस्रो साता हलसम्म दर्शकको भीड कति ओराल्न सफल होला रु त्यो भने हेर्न बाँकी छ । तर, निर्माताले भने घरेलु बजारबाट फिल्मले लगानी सुरक्षित गर्ने लगभग आश मारिसकेका छन् । समीक्षकबाट उच्च रेटिङ पाएको र चलचित्रकर्मीले मुक्तकण्ठले प्रशंसा गरेको यस फिल्मलाई दर्शकले भने खासै रुचाएका छैनन् । अधिकांशले क्लाइमेक्समा असन्तुष्टि व्यक्त गरेका छन् । निर्देशक विनोद पौडेलले फिल्मलाई ओपन इन्डिङ गरिदिएका छन्, जुन दर्शकलाई चित्त बुझेको छैन । समीक्षकले भने यसलाई वैकल्पिक धारको फिल्म भनेका छन् ।

अहिले फिल्म हेरेर चलचित्रकर्मीहरुले पनि आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् ।बिहीवार साँझ अभिनेत्री केकी अधिकारीले पनि फिल्म हेरेपछि आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै कलाकार र निर्देशकको तारिफ गरिन् । उनले फिल्मबाट एउटा अलग ढंगले समाजको कथाब्यथा प्रस्तुत गरेकोमा टिमलाई धन्यवाद पनि दिइन् । उनले उक्त फिल्म आफूले गर्न पाएको भए पनि हुने भन्ने लोभ पलाएको पनि बताइन् ।

बुलबुल चलचित्रबाट एउटा अलग्गै ढंगले समाजको कथा ब्यथा प्रस्तुत गरिदिनु भएकोमा सम्पूर्ण टिमलाई धन्यवाद !! पात्रहरु साँच्चै…

Keki Adhikari ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಗುರುವಾರ, ಫೆಬ್ರವರಿ 21, 2019

उनी अगाडि लेख्छिन्, पात्रहरु साँच्चै यति मनछुने थिए कि आफूले गर्न पाएको भए हुने खालको लोभ पलाइदिन सफल हुनुभएकोमा कलाकारहरु अनि निर्देशक तथा निर्मातालाई हार्दिक बधाई । उनले अभिनेत्री स्वस्तिमाले त छक्कै पारिदिएको पनि बताएकी छन् ।

केकी निकै कम फिल्मको यसरी खुलेर प्रशंसा गर्ने गर्छिन् । उनलाई कुनै फिल्म गर्न लोभ पलाएको त झन् यो पहिलो पटक हो । हुनपनि, ‘बुलबुल’ मा स्वस्तिमाको अभिनय र भूमिका हेरेपछि छक्क नपर्ने र लोभ नपलाउने कलाकार त सायदै होलान् । आशा गरौं, भविष्यमा केकीले पनि दर्शकलाई छक्कै पारिदिने फिल्म गर्नेछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुई दिने सिएफएलजिको कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशाला…
  • तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहलाई सम्बोधन गर्न सिटौला नवलपुर…
  • नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
  • नेकपा सचिवालय बैठक सोमबार बस्ने
  • दोस्रो भीरकोट महोत्सव फागुनमा- ‘पर्यटन बर्ष सफल बनाउन महोत्सव’
  • विवाह पछि ऋचा भन्छिन् : ‘माया अनि आर्शिवाद सदैब यसरी…
  • ‘यो स्वर्ण दूध बेचेर मलाई कलेज पढाउने आमालाई’
  • भ्वाइस अफ नेपाल जितेपछि राम लिम्बु ट्रफी लिएरै पहिलो पटक…
  • साग पुरुष बास्केटबल : नेपाल सेमिफाइनलमा
  • जापानी नागरिकको संस्थामा नेपाली अध्यक्ष