सोनू निगम नर्भिकबाट डिस्चार्ज भएपछि मुम्बई पुगे

प्रकाशित मिति:

काठमाडौँ / बलिउडका चर्चित गायक सोनू निगम बुधबार नेपालबाट मुम्बई पुगेका छन् । सोनूलाई आफ्नी श्रीमतीसँग मुम्बई एयरपोर्टमा ह्विलचेयरमा देखिएको थियो ।सोनूलाई काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । गीतको छायांकनका लागि नेपाल आएका उनलाई अचानक ढाडमा पीडा महसुस भएपछि नर्भिक भर्ना गरिएको थियो ।

स्मरण रहोस्, यो महिनाको सुरुवातमा पनि सोनूलाई मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो किनभने उनलाई एलर्जी भएको थियो । जसका कारण सोनूको अनुहार सुन्निएको थियो र उनलाई सास लिन समस्या भइरहेको थियो ।