भिर बाट लडेर गुल्मीमा एकजनाको ज्यान गयो

प्रकाशित मिति:

बुटवल– गुल्मीमा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर १ लिम्घा निवासी २४ वर्षीय शिव विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले बताए ।

ससुरालीबाट घर फर्किने क्रममा लिम्घाको चोक भलाए भन्ने भीरबाट लडेर मृत्यु भएको प्रहरी जनाएको छ । विक भिरबाट लडेर करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले झुक्किए लडेको अनुमान गरेको छ ।