फरार कैदी पक्राउ,, रु १ लाखको जरिवाना सहित एक महिना ९ दिनको कैद सजाय

१० श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
4 Shares


वन पैदावार हानी नोक्सानी तथा ओसारपसार मुद्दामा दोषी ठहर भई फरार अवस्थामा रहेका नवलपरासीको मध्यविन्दु नगरपालिका ६ निवासी कमलराज कुमाल पक्राउ परेका छन् । दोषीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत परासी नवलपरासीमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जिल्ला अदालत परासीबाट एक महिना ९ दिन कैन र १ लाख २८ हजार ९ सय १२ रुपैयां जरिवाना फैसाला भएपनि उनीह फरार रहेका थिए ।

उनलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया