बाल ‘कारागार’ बाट फरार थुनुवा कैदी मध्ये ३ जना पक्राउ

प्रकाशित मिति:

सुरेश परियार,सैनामैना बाल कारागार भैरहवाबाट ६ जना फरार कैदी र थुनुवा मध्ये ३ जनालाई पक्राउ गरि रुपन्देही प्रहरीले आज सार्वजनिक गरेको छ । भैरहवास्थित बाल सुधार गृह (बाल कारागार) बाट ६ जना थुनवा र कैदी गत माघ २८ गते फरार थिए । जसमध्ये ३ जनालाई पक्राउ गरि सार्वजनिक गरिएको हो ।सोमबार राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरु फरार भएका थिए ।

पक्राउ पर्नेमा चोरी मुद्दा थुनुवा रहेका जिल्ला उदयपुर गाईघाट नेपालटार ३ घर भई जिल्ला चितवन लाईसेन्सचोक बस्ने बर्ष २१ को सिद्धार्थजंग लामा गोरे भन्ने सविन पौडेल, मुद्दा चोरी कैदी रहेका जिल्ला स्याङजा विरुवा ४ घर हुने बर्ष १७ को अनिष थापामगर र चोरी थुनुवा मुद्दामा रहेका जिल्ला रुपन्देही बुटवल उप(महानगरपालिका वडा नं. ६ ट्राफिक चोक घर हुने बर्ष १८ को राजेश सुनार लाई पक्राउ गरिएको रुपन्देही प्रहरी उपरिक्षक ह्दय थापाले जानकारी दिए ।

फरार थुनुवा कैदीलाई पक्राउ गर्न प्रहरी निरिक्षक.कमल बेल्बासेको कमाण्डमा ७ जना प्रहरीसादा पोशाकमा बिशेषरुपमा परिचालन गरिएको । सोही टोलीद्वारा फरार मध्येका ३ जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको ।पक्राउ परेकाबाट ५ थान विभिन्न कम्पनीका मोबाइल समेत बरामद भएको छ । सुधार गृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने क्रममा उनीहरुले योजना बनाएर फरार भएका थिए ।बाँकी कैदी र थुनुवाहरुलाई पक्राउ गर्न खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ