बुबाको हत्या र भाइलाई खुकुरी हान्नेलाई साढे ३७ वर्ष कैद

प्रकाशित मिति:

विराटनगर । जिल्ला अदालत मोरङले मलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि पहिलो पटक एकीकृत कसुरमा साढे ३७ बर्ष कैदको फैसला गरेको छ ।जिल्ला अदालत मोरङका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको एकीकृत कसुरमा विराटनगरका १७ का १९ वर्षका चन्नु भनिने बब्लु सिंहलाई ३७ बर्ष ६ महिना कैदको फैसला गरेको हो ।

आफ्नो बुबाको हत्या गरी भाइलाई खुकुरी प्रहार गरेका सिंहलाई प्रचलित कानुनमा भएको व्यवस्था अनुसार कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको एकीकृत कसुरमा अदालतले २५ वर्ष र थप साढे १२ गरी जम्मा ३७ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो ।

मुद्दा दर्ता भएको दुई महिनापछि पहिलो पटक एकीकृत कसुरमा फैसला भएको श्रेस्तेदार ईश्वर ओझाले जानकारी दिए ।बब्लुले झड्केलो बाबु शशी सिंहको धारिलो हतियार तरबार प्रहार गरी हत्या गरेका थिए । उनले भाइ मो। आकाश आलमलाई पनि खुकुरी प्रहार गरि घाइते बनाएका थिए । गत मंसिर २८ गते बब्लुले बुबाको हत्या गरेका थिए ।मदिरा सेवन गरी भाई आकाशसँग झगडा भएपछि छुटाउन गएका शशीलाई चुन्नुले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट शशीको घटना स्थलमा नै मृत्यु भएको थियो । प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत पुस २२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो ।