पलको जन्मदिनमा ‘वीरविक्रम २’ रिलिज घोषणा

प्रकाशित मिति:

पछिल्लो छिमलका सर्वाधिक रुचाइएका अभिनेता पल शाह स्टारर फिल्म ‘वीरविक्रम २’ को प्रदर्शन मिति घोषणा गरिएको छ । ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतले बजारमा फिल्मको राम्रो हाइप बनाएको अवस्थामा निर्माण टिमले शुक्रवार औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गरेको हो ।

फ्लोरमा नजाँदैदेखि चर्चामा रहेको ‘वीरविक्रम २’ अर्को वर्षको जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको छ । निर्देशक तथा निर्माता मिलन चाम्सले अभिनेता पलको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो डेटमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म ुप्रेम दिवसु पनि आउँदैछ ।
यो फिल्मबाट अभिनेता आकाश श्रेष्ठले अन्तिम समयमा हात झिकेपछि पलले उनको ठाउँ लिएका थिए । फिल्ममा वर्षा सिवाकोटी र नाजिर हुसेन पनि लिड रोलमा छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

यसमा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा अपर्ण सापकोटा सह(निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भएकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ ।

गीत हेर्नुहोस्