न्यायालय र कार्यापालिकाको मिलेमतोमा बालकृष्ण ढुँगेलले उन्मुक्ति पाएको कांग्रेसका केन्द्रीय सदस्य डा कोईरालाको दाबी

प्रकाशित मिति:

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले न्यायालय र कार्यापालिकाको मिलेमतोमा बालकृष्ण ढुँगेलले उन्मुक्ति पाएको बताउनु भएको छ । नेपाल प्रेस यूनियन दाङले बिहिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोईरालाले न्यायालय निरही बनेको बताउनु भएको हो ।

प्रश्न सोधकै भरमा कार्यक्रम नै रद्द गरिदिने जस्ता अलोकतान्त्रिक पद्धती वाट सरकार अगाडि बढेको हुँदा देशमा अतेन्त खतरनाक स्थिति उत्पन्न भएको कोईरालाले बताउनु भयो । लोकतन्त्र खतरनाक स्थितिमा पुगेको हुँदा त्यसको रक्षाको लागि साउन १५ गतेवाट काँग्रेसले आन्दोलन चर्काउन थालेको नेता कोईराले जानकारी दिनुभयो । काँग्रेस नेता डा. कोईरालाले अनसनरत डा. गोविन्द केसीलाई जोडेर नेपाली काँग्रेसलाई लान्छना लगाइएको भन्दै डा. केसी काँग्रेस कार्यकर्ता नरहेको उहाँले स्पष्ट पार्नु भयो । ‘उहाँ एउटा सत्याग्रही हो र लोकतन्त्रमा सत्याग्रह गर्ने अधिकार पत्येक व्यक्तिलाई छ ।’ कोईरालाले भन्नु भयो ।

संविधानमा शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिकहकका रुपमा राखेको हुँदा देउवा नेतृत्वको सरकारले त्यही सेरोफेरोमा पास गरेको अध्यादेश तोडमोड गरेर वर्तमान सरकारले संसदमा लगेको हुँदा त्यसले अप्ठेरो स्थिति सृजना भएको नेता कोईरालाले बताउनु भयो ।

सरकारकै कारण लोकतन्त्र खतरामा परेको तथा देश अराजकता तर्फ देश गइरहेको हुँदा कुनैपनि लोकतान्त्रिक शक्ति र नागरिकले यसलाई सहन नसक्ने उहाँले बताउनु भयो । नेता कोईरालाले राणा फालेको, राजा फालेको काँग्रेसले यस्तै अधिनायकवादी ढंगले चल्दै गए प्रधानमन्त्री ओलीलाई पनि फाल्ने चेतावनी दिनु भएको छ । विहिवार नै काँग्रेस केन्द्रीय सदस्य कोईराला तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा पुगेर विरुवा रोप्नुका साथै क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापकहरुले गरेको कार्यक्रमलाई समेत सम्वोधन गर्नु भएको थियो ।