बुटवलमा हुन लागेको लोम अफिसर तालिमको तयारी पुरा, दश वटा शाखाले सहभागिता जनाउने

प्रकाशित मिति:

बुटवल – बुटवल जेसीजको सचिवालयमा हुन लागेको बहुशाखा लोम अफिसर तालिम २०१९ को तयारी पुरा भएको छ । बुटवल जेसीजले मातृत्व प्रदान गरेका शाखा र यस क्षेत्रमा रहेका छिमेकी शाखाले तालिममा सहभागिता जनाउने छन । दश वटा शाखाले स‌ंयुक्तरुपमा आयोजना गरेको तालिममा जेसीआई सिनेटर तिर्थराज पाैडेलले प्रमुख प्रशिक्षककोरुपमा प्रशिक्षण दिनु हुने छ । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा क्षेत्र घ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीको प्रमुख आतिथ्यतामा हुन लागेको तालिम बुटवल जेसीजको तालिम हलमा फागुन ११ गते विहान ८ बजे देखि सुरु हुदै छ ।

तालिममा बुटवल जेसीज र बुटवल जेसीजले मातृत्व प्रदान गरेका शाखाहरु बुटवल महिला जेसीज, रामग्राम जेसीज, भलवारी जेसीज ,सैनामैना जेसीज, देवदह जेसीज, प्रस्तावित बुद्धभूमि जेसीजले सहभागित जनाउने छन भने बुटवल जेसीजका छिमेकी शाखा तिलाेत्तमा जेसीज , कपिलवस्तु जेसीज र रामग्रम महिला जेसीजले सहभागिता जनाउने छन् ।

बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्याैपानेले सहकार्य र सहयात्राले जेसीज अभियानलाई बलियो बनाउने भएकोले संयुक्तरुपमा तालिमको आयोजना गरिएको बताउनु भएको छ । उहाँले भन्नु भयाे – हामीले जसरी जेसीज आस्थामा बन्धुत्वको भावनालाई वाचन गर्छौ त्यसलाई ब्यवहारमा उतार्न यस्ता कार्यक्रमले सहयोग पुग्छ भन्ने मेरो विस्वास छ । उहाँले वर्ष २०१९ मा यसैगरी पालैपालो बहुशाखा तालिमको आयोजना गर्ने समकालिन शाखा अध्यक्षहरुस‌ंग छलफल भएको बताउनु भयो ।

१ सय जना भन्दा बढि पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने तालिमको संयोजन बुटवल जेसीज वर्ष २०१९ ले गरेको छ । न्याैपानेले तालिमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भएको छ ।उहाँले भन्नु भयो- हामी राति अवेर सम्म सचिवालयमा बसेर तयारी पुरा गरेका छौै । प्रमुख प्रशिक्षक र प्रमुख अतिथी हिजै आईसक्नु भएको छ । हामी अब बुटवल जेसीजले मातृत्व प्रदान गरेका शाखा तथा छिमेकी शाखाका पदाधिकारीज्यूहरु तथा पुर्व अध्यक्षज्यूहरुलाई स्वागत गर्न आतुर छौ ।