महोत्तरीमा करेन्ट लागेर २ जनाको मृत्यु

प्रकाशित मिति:

धनुषा/ महोत्तरीको लोहारपट्टी नगरपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

लोहारपट्टी नगरपालिका २ सुखैनिया बस्ने सकल मुखियाको घरमा शुक्रबार राति बच्चा जन्मेको खुशीमा भोज आयोजना गरिएको थियो ।प्रहरीका अनुसार भोजमा क्यासेट बजाउन बिजुलीको पोलमा तार जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छोएपछि करेन्ट लागेर सिकिस्त भएका दुवैजनाको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।