कपिलवस्तुमा एक महिलाको हत्या

प्रकाशित मिति:

कपिलवस्तु – कपिलवस्तुमा एक महिलाको हत्या भएको छ ।वाणगंगा नगरपालिका–४, कुबेरापुरकी २६ वर्षीया अनिता पौडेललाई नचिनेका दुई व्यक्तिले गएराति घरमै आएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पौडेलको निधार र कानमा चोट लागेको प्रहरी उपरीक्षक अच्यूतम पुडासैनीले बताउनुभयो ।

उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि पुडासैनीले बताउनुभयो ।