बम बिष्फोटका घाइतेलाई गृहमन्त्रीले भेटे, सरकारले निःशुल्क उपचार गरिदिने

प्रकाशित मिति:

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिष्फोटमा भएका घाइते र उनीहरुका आफन्तलाई भेटेका छन् । घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने बताए ।

घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका आफन्तलाई भेट्न मन्त्री थापा मेडिसिटी अस्पताल पुगेका थिए । मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल गएका थिए ।