सांसद वलीको अन्तिम दाहसंस्कार

प्रकाशित मिति:

प्रदेश ५ का प्रदेशसभा सांसद उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । उहाँको दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो ।सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सांसद ओलीको गत शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं–५ का सभामुख पूर्णबहादुर घर्तीलगायतका नेता, कार्यकर्ताले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

शोक मन्तव्य व्यक्त गर्नुहुँदै प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले वलीको निधनले प्रदेश सरकारलाई ठूलो क्षति भएको बताउनुभयो । उहाँले दाङको पश्चिम क्षेत्रको विकासका लागि खेलेको योग्दान महत्वपूर्ण रहेको भन्दै वलीको निधनले प्रदेशको विकासमा समेत नोक्सान पुयाउने बताउनुभयो ।गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद वली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका वलीको काठमाडौँको मेडिसिटी अस्पतालमा लगिएको थियो । दुर्घटनामा परी टाउको, खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो ।

बुटवलबाट गृह जिल्ला दाङ आउँदै गरेको अवस्थामा घोराहीबाट लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नं को यात्रुबहाक बस र सांसद वली चढेको बा १८ च ६८३६ नं को कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।