ट्रयाक्टर पल्टिँदा एक जनाको ज्यान गयो

प्रकाशित मिति:

सर्लाही /सर्लाहीको बरहथवा नगरपालिका १६ गंगापुरमा ट्रयाक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ  सोरुमबाट खरिद गरेर ल्याएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा हरिपुर नगरपालिका १ का २९ वर्षीय चालक राजेश महतोको ज्यान गएको हो ।गुडिरहेको ट्रयाक्टर सडकमा पल्टिएपछि एक्कासि आगो लागेको स्थानीय बताएका छन । गम्भीर घाइते भएका उनको थप उपचारको लागि चितवनको भरतपुर लादै गर्दा बाटोमै ज्यान गएको हो।

परीक्षणको लागि ट्रयाक्टर चलाउने क्रममा अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।