तोडफोड र विस्फोटमा संलग्नलाई कारवाही गर्न निर्देशन

प्रकाशित मिति:

काठमाडौं – देशभर एनसेलका टावरमा विस्फोटन हुन थालेपछि गृह मन्त्रालयले सवै जिल्लामा सुरक्षा व्यवस्था चुस्त वनाउन निर्देशन दिएको छ। शुक्रवार राति वम विस्फोटनको समाचार आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको थियो।गृह प्रवक्ता रामकृष्ण सुवेदीले यस्ता तोडफोडका घटनामा संलग्न सवैलाई कानुनको दायरामा ल्याउन निर्देशन दिएको वताए। उनले भने, ‘हामीले ७७ वटौं जिल्लामा तोडफोडको काममा सलग्न व्यक्तिलाई अनुसन्धान गरी पक्राउ गर्न निर्देशन दिएका छौं।’

एनसेलको टावरलाई केन्द्रित गरी शुक्रवार वेलुका देखि देशका विभिन्न ठाउँमा बम विस्फोटन गराइएको थियो। बम विस्फोटनमा परी केहि व्यक्ति घाइते समेत भएका छन्। कतिपय स्थानमा भने एनसेलको टावरमा आगजनि पनि गरीएको छ। शुक्रबार ललितपुरमा भएको बम विस्फोट लगत्तै काठमाडाौंको कमलपोखरीमा राखिएको संखास्पद वस्तु सेनाले डिस्पोज गरेको थियो।

ललितपुरसँगै रौतहट, पोखरा, वागलुङ, रुपन्देही लगायतका जिल्लामा एनसेल केन्द्रित आक्रमण भएको थियो। ललितपुरको नख्खु वम विस्फोटनमा परेका सिंहप्रसाप गुरुङको मृत्यु भै सकेको छ। यसै विच गहमन्त्री रामवहादुर थापाले वम विस्फोटनमा परेका व्यक्तिहरुको स्वास्थ्यका वारेमा जानकारी लिएका छन्। शनिवार मेडिसिटि अस्पताल पुगेका मन्त्री थापाले घाइतेको सम्पुर्ण उपचार खर्च सरकारले वेहोर्ने वताए।नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सासंद पम्फा भुसाल, ललितपुर महानगरपाललिका मेयर चिरीवावु महर्जन र नेकपाका नेता देव गुरुङ पनि अस्पताल पुगेका हुन्।