समयमा काम गर्न नसक्दा लुम्बिनी साँस्कृतिक नगरपालिकाको पाँच करोड भन्दा बढी रकम फिर्ता

१० श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


समयमा काम गर्न नसक्दा आर्थिक बर्ष २०७४ – ०७५ मा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको पाँच करोड भन्दा बढी रकम फिर्ता भएको छ ,। राज्यले लुम्बिनी साँस्कृतिक नगरपालिकाको ५८ करोड ६७ लाख मध्ये ५२ करोड ४२लाख मात्र खर्च गर्न सक्दा बाकी बचेको पाँच करोड १८ लाख भन्दा बढी रकम फ्रीज भएको हो ।
लेखाशाखाले सार्बजनिक गरेको तथ्याँक अनुसार कृषि,पशु,शिक्षा र स्वास्थ्यमा सशर्त अनुदान शीर्षकमा १४ करोड २७ लाख ९१ ह्जार निकासा मध्ये १३ करोड ४३ लाख ४९ हजार दुईसय ७९ रुपैया १४ पैसा खर्च भई ८४ लाख ४१ ह्जार दुईसय ७९ रुपैया ८६ पैसा फिर्ता भएको छ ।
त्यसै गरि सामाजिक सुरक्षा अनुदान शीर्षकमा सात करोड ५३ लाख ७४ हजार मध्ये सात करोड ३९ लाख सातहजार दुईसय खर्च भई १४ लाख ६६ हजार आठसय रकम फ्रीज भएको छ । त्यस्तै स्थानीय शाषन तथा सामुदायिक बिकास कार्यक्रमको चालु तर्फ ११ लाख ४३ हजार मध्ये आठलाख ४३ हजार खर्च भई तीनलाख रकम फिर्ता,पूजीगत तिर ६लाख मध्ये पाँच लाख ९९ हजार तीनसय ६१ रुपैया खर्चभई ६ सय ३९ रुपैयाफिर्ता भएको तथ्यांकमा उल्लोख छ ।
यसै गरि सीमा क्षेत्र बिकास कार्यक्रमचालु शीर्षकमा ११ लाख ५५ हजार मध्ये ११ लाख ४१ ह्जार खर्चभई १३ हजार सातसय ७५ रुपैया फ्रीज भएको छ भने पूजीगत तर्फ २९ लाख चार हजार मध्ये २८ लाख ३७ हजार आठसय ३९रुपैया खर्च भई ६६ हजार एकसय ६१ रुपैया फ्रीज भएको हो ।
त्यतिमात्र नभई पश्चिम नेपाल तथा ग्रामीण खानेपानी सरसफाई कार्यक्रम र गरीब सँग बिषेश्वर कार्यक्रम अन्र्तगत शतप्रतिशत रकम खर्च भएको छ ।
लेखाशाखाले खर्चको बजेट सार्बजनिक गरेपछि माँझ छलफल पश्चात वडा अध्यक्षहरुले हरहिसाबको माँग गर्दै रोकेर राखेको नगरपरिषद नगरपरिषद हुने ढोका खोलिदिएको नगरप्रबक्ता धु्रुव प्रसाद यादवले जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया