भ्रष्टाचार मौलायो, सरकारले बाल्ने मात्रै काम गर्योः नेता नेपाल

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले भ्रष्टाचार मौलाएको बताएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउँदै गएको बताए । उनले सरकारी कार्यालयका कर्मचारीहरु पुरा समय कार्यालयमा नहुने, पैसा विना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गरे ।

अमूक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उनले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभूति गर्दै अन्याय, अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताए । नेता नेपालले सरकारमा रहेकाहरुमा जनताको आवाज सुन्ने भन्दा पनि बोल्ने प्रवृति मात्रै हावी भएको टिप्पणी गरे ।