निर्मला पन्तका अभिभावकले १ सय ५ दिनपछि धर्ना तोडे,उपचार गर्न काठमाडाैं हिँडे

प्रकाशित मिति:

काठमाडौं – निर्मला पन्तका अभिभावकले १ सय ५ दिनपछि आज धर्ना तोडेका छन्। हत्यारा सार्वजनिक गर्न माग राख्दै झण्डै तीन महिनादेखि निर्मलाका बुवा यज्ञराज, आमा दुर्गादेवी र सौतनी आमा लक्ष्मी जिल्ला प्रशासनअगाडि धर्नामा बस्दै आएका थिए ।निर्मलाका अभिभावलाई बालिका आरुसी चन्द र जेष्ठ नागरिक दिलमाया खरेलले जुस खुवाएर धर्ना तोडाएका हुन्। निर्मलाकी अभिभावकले धर्ना तोडेर उपचार गर्न काठमाडौं आएका छन् ।

नागरिक संघर्ष समितिका प्रवक्ता नर बहादुर साउदले निर्मलाकी बुवा र सौतेली आमा उपचारका लागि काठमाडौं हिडेको बताए ।यसअघि दुई पटक काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर फर्किएका यज्ञराजको स्वास्थ्यमा पुनः खराबी आएपछि धर्ना तोडेर उपचार गर्न आएका हुन् । उनकी कान्छी श्रीमतीको पनि टाउको दुख्ने, शरीर फुल्ने समस्या देखिएकोछ । नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले निर्मलाका अभिभावककै आग्रहमा धर्ना तोडेको बताए ।कञ्चनपुरकी १३ वर्षीय बालिकापन्तको बलात्कारपछि हत्या भएको सात महिना पूरा हुँदा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।