दोस्रो बुटवल लुम्बिनीखुल्ला लन टेनिस शुरु

प्रकाशित मिति:

बुटवल/ पाँचनम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा दोस्रो बुटवल लुम्बिनीखुल्ला राष्टिृय लन टेनिस प्रतियोगिताशनिवार देखि शुरु भएको छ ।रुपन्देही लन टेनिस संघ र बुटवल लन टेनिस क्लबको संयुक्तआयोजनामा  शुरु भएको  दोस्रो संस्करण १६ गते सम्म संचालनहुनेछ ।प्रतियोगिताको बुटवल उपमहानगर पालिकाकाप्रमुखशिवराज सुवेदीले उदघाटन गदैं भौतिकपुर्वाधार र खेलकुदकागतिविधीलाई हेर्दा काठमाण्डौ र पोखरा पछि बुटवल खेलकुदमा तेस्रो शहरका रुपमा स्थापितभएको बताए ।मेयर सुवेदीले प्रदेश कै नमुना  खेल मैदानका रुपमाउजिरसिंह जवई खेलमैदान ३३ करोडको लगानीमानिर्माण प्रकृया अगाडी बढाईएको समेत बताए ।

प्रतियोगितामा ४ महिला सहित७४ जनाको सहभागिता रहेको रुपन्देही लन टेनिस संघ रुपन्देहीकाअध्यक्षतथा केन्द्रिय सदस्यअशोक गुरुङ्गले  जानकारी दिए । उदघाटन समारोहमा  लन टेनिस संघकी केन्द्रियअध्यक्ष ज्योती राणा, जिल्ला खेलकुदविकास समिति रुपन्देहीकाअध्यक्ष योग गुरुङ्ग ,बुटवल लन टेनिस क्लबकाअध्यक्षगोपाल ज्ञवाली लगायतले खेल पर्यटनको माध्यमवाट आर्थिक उपार्जन गर्नु पर्नेमा जोड दिएकाथिए ।  प्रतीयोगीताअन्र्तरगत ३५ एकलतर्फ अनिल सेन्चुरीले नबीनचालीसेलाइ ६–२,७–६ ले पराजीत गरे । अपुर्व थापाले मुनिस थापाबाट वाकओभर पाए ।

सिमान्त गुरुङले सब्बर मियालाइ ६–१,६–० ले हराउदै क्वाटरफाइनलमाप्रवेश गर्न सफल रहे । यस्तै ४५ सिंगलतर्फ गोपी भटराइले होम आलेलाइ ६–२,६–४, शरण गुरुङले रामु बिकलाइ ६–१,६–०, अर्जुन गुरुङले धर्म कोइरालालाइ ६–२,६–४ मा पराजीतगर्दै क्वाटरफाइनलमाप्रवेश गरेका छन । ३५ डबल्सतर्फ नबिनचालीसे र शिब सेढाइले सोम बहादुर राना र बिष्णु चापागाइलाइ  ६–२,६–०ले पराजीत गरे । अनिल सेन्चुरी र भिष्मकाउचाले शेषमनी  र सन्जयश्रेष्ठको जोडीलाइ ६–०,६–१ ले पराजीतगर्दै सेमीफाइन्लमाप्रवेश गरे । ४५ डबल्सतर्फ राजुकमार घिमिर र धर्म कोइरालाले रामबहादुर बिक र मनोज बस्नेतलाइ ६–३,२–६ र १० –५ ले हराए ।चन्द्र शाही र मनोज राणाको जोडीले शरण गुरुङ र  गोपी भटराइको जोडीलाइ हराएर सेमीफाइनलमाप्रवेश गर्न सफल रहे । आइतबारको खेलबिहान७ बजेबाट मेन्स सिंगल, ३५,४५,५५, उमेरसमुहको एकल र युगल खेल हुने क्लबका सचिबगोपाल ज्ञवालीले जानकारी दिए ।

प्रतियोगिताको मेन्स सिगलतर्फको विजेताले कपसहित ५० हजार, मेडल, प्रमाणपत्र तथाउपविजेताले नगद २५ हजारसहितकप, मेडल, प्रमाणपत्र पुरस्कार पाउने छन ।यसैगरि महिलासिगलतर्फको उपाधिविजेताले नगद ५० हजार र उपविजेताले २५ हजार,कप, मेडल, प्रमाणपत्र पुरस्कार पाउने छन ।यसैगरि मेन्स सिंगल ३५ प्लसतर्फ प्रथमलाई नगद ३५ हजार र दोस्रो नगद २० हजार, मेन्स डबल्स ३५ प्लसतर्फ प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, मेन्स सिगल ४५ प्लसको प्रथमलाई नगद २० हजार र दोस्रोले नगद १० हजार, मेन्स डबल्स ४५ प्लस प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, मेन्स सिगल ५५ प्ससको प्रथमलाई नगद २० हजार र दोस्रोलाई नगद १० हजार तथा मेन्स डबल्स ५५ प्लसको प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, कप, मेडल र प्रमाणपत्र पाउने छन ।