आफ्नै कारणले चुनाव हारेको डा. शशांकको खुलासा

प्रकाशित मिति:

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई बलियो अवस्थामा पुर्‍याउन सबैभन्दा पहिले आन्तरिक एकता बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । तनहुँको बन्दीपुरमा आयोजित कार्यकर्ता प्रशिक्षणको उद्घाटनलाई सम्बोधन गर्दै उनले चुनावमा पराजय हुनुमा कम्युनिष्ट एकता मात्र नभएर पार्टीको आन्तरिक विभाजन कारक रहेको बताए ।

‘हामी आफैँ मिल्न नसक्दा चुनावमा हार हुन पुग्यो,’ उनले भने । पार्टीभित्र अझै पनि आन्तरिक एकता नहुँदा बलियो हुन नसकिएको उनले बताएका थिए । डा. कोइरालाले सरकारको कार्यशैलीको पनि आलोचना गरे । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको एकवर्षे कार्यकालमा महँगी निकै बढेको भन्दै आलोचना गरेका थिए । अपराधीलाई कारवाही गर्नुको साट्टा निर्दोषलाई फसाउन थालिएको भन्दै उनले सरकारको कार्यशैलीको चर्को आलचेना गरे ।