शिक्षकहरुले समुदायमा चेतना जगाउनु हुन्छ : भगवत प्रकाश मल्ल

चापाकोट ५ को रमणीय रामडाँडमा एक कार्यक्रमको आयोजना गरि वनभोज कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

चापाकोट \ नेपाल शिक्षक संघ नगर कार्य समिति चापाकोट स्याङ्जाले शिक्षकहरु विच भेटघाट तथा मैत्रीपूर्ण रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ । चापाकोट ५ को रमणीय रामडाँडमा एक कार्यक्रमको आयोजना गरि वनभोज कार्यक्रम सम्पन्न गरिएको हो । नेपाल शिक्षक संघ नगर कार्य समिति चापाकोटका अध्यक्ष अर्जुन कुमार खाँणको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश स्याङ्जा निर्वाचन क्षेत्र नं २ ख का प्रदेश सांसद भगवत प्रकाश मल्ल रहनु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी प्रदेश संसद मल्लले शिक्षकहरु नै समुदायका चेतनशिल ब्यक्ति रहेको कुरा बताउनु भयो ।

शिक्षक संघ नगर कार्य समितिका उपाध्यक्ष श्रीधर न्यौपानेको स्वागतबाट शुरु भएको कार्यक्रममा चापाकोट नगरपालिकाका नगर प्रमुख शिबकुमार गिरि, नगर उपप्रमुख बिमला श्रेष्ठ,नेपाल शिक्षक संघ जिल्ला सभापति लक्ष्मी रेग्मी, सचिव पशुपति पौडेल, शिक्षक संघ गण्डकी प्रदेश कोषाध्यक्ष गायत्री आचार्य, शिक्षक महासंघ जिल्ला सदस्य मित्रलाल डोटेल, ने का क्षेत्रिय सचिव महेश भट्टराई , ने का चापाकोट सभापति रामचन्द्र पंज्ञानी, चापाकोट नगर शिक्षा शाखा प्रमुख मुकुन्द प्रसाद डोटेल, वडा नं ५ का वडाध्यक्ष ईन्द्र बहादुर शाही लगायतले आ आफ्ना भनाइ राख्नु भएको थियो ।चापाकोट नगरपालिकाका १० वटै वडाका नेपाल शिक्षक संघमा आस्थावान शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको संचालन शिक्षक संघ नगर कार्य समितिका सह सचिव गुरु पंज्ञानीले गर्नुभएको हो ।