ऐनमा माग सम्वोधन नभए आन्दोलन गर्ने घोषणा 

प्रकाशित मिति:

बुुटवल । विगतमा सरकारसंग भएका सहमती अनुसार संघिय शिक्षा ऐनमा आफ्नो माग पुरा नभए आन्दोलनमा जाने राहत शिक्षकहरुले चेतावनी दिएको छ ।असोज २२ गते भएको ३ वुदे सहमतीमा सवै राहत शिक्षकलाई स्थायी गर्ने सम्झौताको कार्यान्वयन गर्न सरकारले आनकानी गरेको भन्दै राहत शिक्षकहरु फेरी आन्दोलनमा होमिने चेतावनी दिएका हुन ।नेपाल राहत शिक्षक प्रदेश समितिले शनिवार बुटवलमा आयोजना गरेको ‘संघिय शिक्षा ऐनमा राहत शिक्षकको भविष्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी राहत शिक्षकहरुले सहमती अनुसार स्थायी गर्ने सरकार तयार नभए आन्दोलनको विकल्प नभएको बताए ।

कार्यक्रममा समितिका केन्द्रिय वरिष्ट उपाध्यक्ष नविन सिंह धामीले विगतमा नेपाल सरकार र आन्दोलनरत राहत शिक्षक समितिविच भएको सहमती अनुसारको संघिय शिक्षा ऐनको मस्यौदा नआएकाले आन्दोलनरत राहत शिक्षकहरु ससंकित भएको बताए ।प्रदेश समितिका अध्यक्ष राम प्रसाद चापागाई, महासचिव झुपलाल ढकाल, सदस्य वोमबहादुर कुंवर लगायतले वोलेका थिए । समितिले भावी कार्यक्रम तयार गर्ने उदेश्यले ७ वटै प्रदेशमा एकै पटक अन्तरक्रिया गरेको हो ।

लामो समयदेखी आन्दोलत राहत शिक्षकहरुलाई सरकारले संघिय शिक्षा ऐनमा माग सम्वोधन गर्ने प्रतिवद्धता जनाएको थियो । तर ऐनको मस्यौदामा निश्चित मापदण्ड पुगेकाहरुलाई खुल्ला ÷ आन्तरिक परिक्षालिई स्थायी गर्न सकिने भनि उल्लेख भएकाले आफूहरु अन्यौलमा परको नेपाल राहत शिक्षक समिति रुपन्देहीका अध्यक्ष पिन्टु पाण्डेले जानकारी दिए ।अन्तरक्रिया कार्यक्रममा प्रदेश अन्तरगतका जिल्ला समितिले रिपोटिङ गर्नुको साथै भावी आन्दोलनको विषयमा छलफल गरेका थिए । प्रदेश नं ५ मा ६ हजार ७ सय भन्दा वढि राहत कोटाका शिक्षकहरु अध्यापनरत छन । देश भरमा ४० हजार राहत शिक्षकहरु कार्यरत रहेको समितिले जनाएको छ ।