कपिलवस्तुको भुताहा सिंचाइ आयोजना सन्चालनमा

१० श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
6 Shares


तिन दशक अगाडीबाट निर्माण शुरु भएको कपिलवस्तुको भुताहा सिंचाइ आयोजना बल्ल सन्चालनमा आएको छ । झन्डै १३ करोडको लागतमा सिँचाइ आयोजना सन्चालनमा आएपछि सुद्धोदन गाउँपालीको सात सय ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । कपिलवस्तुको साबिकका गाविसहरु नन्दनगर, विठुवा, हथिहवा र लवनीका ६ हजार स्थानीयलाई लक्षित गरी २०७२ सालबाट निर्माण शुरु भएको भुताहा सिँचाइ आयोजना गत जेष्ठ महिनादेखी सन्चालनमा आएको हो । ३० बर्ष अगाडी देखी अलपत्र आयोजना १३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएपछि सुद्धोदन गाउँपालीकाका ४ बडाको सात सय ५० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको डिभिजन सिँचाइ कार्यालय कपिलवस्तुका प्रमुख राजेन्द्र महतोले जानकारी दिनुभयो । सिँचाइ आयोजनाको ११ किलोमिटर मूल नहर निर्माण सहित ६ किलोमिटर कुलो खन्ने काम सम्पन्न भएसँगै आयोजना सन्चालनमा आएको छ । आकाशे पानीको भरमा विगतका वर्षमा जेनतेन खेती गरेका किसान भुताहा सिँचाइ आयोजना सन्चालनमा आएपछि समयमै धान रोप्न पाएको निर्माण समितिका अध्यक्ष राम विलास चौधरीले बताउनुभयो ।

कुल खेतीयोग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफल रहेको कपिलवस्तुमा हालसम्म सिँञ्चित जमिनको क्षेत्रफल ३५ हजार हेक्टर रहेको डिभिजन सिँचाइ कार्यालयको तथ्यांकमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया