शिक्षक संघ त्रिबेणी गाउपालिकाको प्रथम गाउ प्रतिनिधि सभा सम्पन्न

प्रकाशित मिति:

आरपि उपाध्याय,/नेपाल शिक्षक संघ विनयी त्रिबेणी गाउपालिकाको प्रथम गाउ प्रतिनिधि सभा शनिबार डुम्किबासमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ विनयी त्रिबेणी गाउपालिकाकी अध्यक्ष गिता राय माझिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका विनयी त्रिबेणी गाउपालिका अध्यक्ष डम्मर बहादुर जिसिले गुणस्तरिय शिक्षा हालको आवश्यकता भएको हुदा यसतर्फ सबै शिक्षक,समुदाय क्रियाशिल हुनुपर्ने कुरामाथि जोड दिनुभयो ।

अध्यक्ष जिसिले राष्ट्रले दिएको जिम्मेवारीलाई पुरा गर्दै लोकतन्त्रको रक्षाको लागी भने शिक्षकहरुको महत्वपुर्ण भुमिका रहने जिकिर गर्नुभयो । सो अवसरमा वरिष्ट समाजसेवी गणेशमान श्रेष्ठले नेपाल शिक्षक संघको काम र कर्तब्यलाई आतमसात गर्दै भविश्यको लागी उत्पादनशिल जनशक्ति निर्माण गर्नेतर्फ सबै शिक्षक समुदाय लाग्नुपर्ने विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल शिक्षक महासंघ पुर्वी नवलपरासीका अध्यक्ष मोहन प्रसाद कलवार, विनयी त्रिबेणी वडा नम्बर २ का वडाध्यक्ष विष्नुप्रसाद ढकाल, तेज प्रसाद भुषाल, शारदा कोइराला, प्रकाश भुषाल, दिनेश कुमार पाण्डे लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सो अवसरमा सम्पन्न प्रथम गाउ प्रतिनिधि सभाले शारदा कोइरालाको समयोजकत्वमा ५ सदस्यिय महिला शसक्तिकरण उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा लमाया पुन, सरतिा प्रक्षाई, श्रीमाया श्रीश र भगवती खनाल सर्वसम्मत चयन हुनुभएको आयोजकले जानकारी दिएको छ ।