नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालय बर्दघाट स्वर्ण महोत्सव समुद्घाटन

प्रकाशित मिति:

बर्दघाट/नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालय बर्दघाट १२ जहदा नवलपरासीको स्वर्ण महोत्सव २०७५ को शनिबर एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ । ३ दिनसम्म सञ्चालन हुने स्वर्ण महोत्सव शनिबार पहिलो दिन शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्र काफ्लेको समयोजकत्व, विद्यालय ब्यवस्थापन समितकिा अध्यक्ष देव बहादुर चौधरीको अध्यक्षता एवं नवलपरासी षेत्र नम्बर १ का सघिंय सासंद हृदेश त्रिपाठीको प्रमुख आतिथ्यता तथा सविधान सभा सदस्य विक्रम खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिपाठीले संसदिय विकास कोषबाट आगामी आर्थिक बर्षमा यस विद्यालयले ५० लाख निकासा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अहिलेका सामुदायिक विद्यालयहरु कर्मकाण्डी नभई निजि विद्यालयहरु संग प्रतिष्पर्धा गर्ने शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बोलदै विशिष्ट अतिथि खनालले शिक्षामा गुणस्तर ल्याउन शिक्षक, विद्यार्थी, अभिभावक साथै विद्यालयको भौतिक सरंचना र शैक्षिक वातावरणमा एकरुपता ल्याई पारस्परिक सम्बन्ध कायम गर्न सके विद्यालयले गुास्तरिय शिक्षाप्रदान गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रअ राज प्रसाद उपाध्यायले विद्यालयको गतिविधि सहित आर्थिक गतिविधि समेत प्रस्तत गर्नुभएको थियो भने बर्दघाट नगरपालिकका नगर प्रमुख धिरज शर्मा बस्याल, उपप्रमुख माया देवी पौडेल, उत्कृष्ट चन्दादाता मनोज कार्की, दिब्यज्योती मावीका प्रअ हुमानाथ आचार्य, पुर्वविद्यार्थी कमल कोइराला लागएतले मन्तब्य राख्नुभएको थियो । शनिबारको उद्घाटन सत्रको कार्यक्रममा पुर्व शिक्षक, कर्मचारी, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी लागएतलाई सम्मान गरिएको छ भने आइतबार १२ गते हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा सविधान सभा सदस्य विक्रम खनाल रहने र पुर्व विद्यार्थीहरुलाई सम्मान गरिनुका साथै साहित्यिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । २०१३ साल मा स्थापित विद्यालयले विविध कारणबस १२ बर्षपछी स्वर्ण महोत्सवको आयोजना गरेको हो ।

सोही अवसरमा विद्यालय प्रांगणमा स्वर्ण स्तम्भ स्थापनाका लागी प्रमुख अतिथि त्रिपाठी र सविधान सभा सदस्य खनालले सयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । महोत्सवका सह समयोजक तुलसी राम न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव सविन पाठकले गर्नुभएको थियो । सो महोत्सवको सामुदायिक रेडियो दाउन्नेले प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।