अज्ञात समूहको गोली प्रहारबाट एक महिलाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु /कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गएराती घरमै बसिरहेको बेला अज्ञात समूहको गोली प्रहारबाट अनिता पौडेलको मृत्यु भएको बताइएको छ ।घटना वाणगंगा नगरपालिका वडा नं। ४ कुवेरापुरको हो । पोष्टमार्टमको लागि उनको शव अहिले तौलिहवा अस्पताल पठाइएको बताइएको छ ।

यद्यपि घटनाको वितृत वितरण भने आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवि रावलले मृत्यु हुने महिला अनिता पौडेल रहेको पृष्टि गर्नुभयो । तर, घटना के कारण घटेको हो त्यो भने अनुसन्धानमै रहेको उहाले प्रष्ट पार्नुभयो ।घटना के कारणले घटेको हो विस्तृत जानकारी आएको छैन ।विशेष स्रोतका अनुसार राती खान खाएर घरमै बसिरहेको बेला दुई जना अपरिचित समूहले उनी माथि गोली प्रहार गरेका थिए । सधै आई रहने जस्ता देखिने दुई जना व्यक्तिले उनलाई घर बाहिर बोलाएर गोली प्रहार गरेको प्रत्यक्षदर्शीले देखेको बताइएको छ ।