जनपद प्रहरीका ६४ इन्स्पेक्टरको डीएसपीमा बढुवा

१२ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
107 Shares


काठमाडौं । जनपद प्रहरीका ६४ प्रहरी निरीक्षक ९इन्स्पेक्टर हरुको प्रहरी नायव उपरीक्षक डीएसपीमा बढुवा भएको छ ।शनिबार बसेको प्रहरीको बढुवा समितिको बैठकले खाली रहेको डीएसपीको ६४ पदमा इन्स्पेक्टरको बढुवा गरेको हो ।नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार हरि खतिवडा ९८।२५ अंकसहित एक नम्बरमा रहे । उनको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा पोष्टिङ भएको छ ।

दोस्रो नम्बरमा ९७।२५ अंकसहित मञ्जिल मुकारूङ दोस्रो स्थानमा रहे । त्यसैगरी ९६।८३ अंकसहित जागेश्वर भण्डारी तेस्रो नम्बरमा रहे ।चिनीमाया तामाङ ३१ औं नम्बरमा रहेर इन्स्पेक्टरबाट डीएसपी बनेकी छिन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया