वार्ता टोलीको सहमतिमा केसीको असहमति,सहमति अन्यौल

प्रकाशित मिति:

काठमाडौँ/दुबै पक्षका प्रतिनिधी बिच भएको सहमतिलाई डा। गोविन्द केसीले अस्विकार गरेपछि टुंगिनै लागेको सहमति अन्योलमा परेको छ ।सरकार पक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको नौबुँदे सहमति भएको थियो ।

डा. केसी पक्ष र सरकार पक्षबीच भएको नौ बुँदे सहमतिमा उपत्यकामा दस वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने मागबारे लचक हुने भनिए पनि डा। केसी यस मागमा अडान कायमै राखे पछि सहमति हुन गाह्रो परेको एक सदस्यले बताए ।

उनले दस वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने भन्ने बुँदा जस्ताको तस्तै राख्नुपर्ने अडान लिएपछि वार्ता टोली पुनस् बालुवाटार फर्केको छ।
यसअघि सरकारी पक्षले संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसक्ने दोहोर्‍याएपछि डा। केसी पक्षले सरकारको व्यवहार परिवर्तन नभएसम्म वार्तामा नबस्ने घोषणा गरेको थियो।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चासो र सक्रियतामा फेरि वार्ताको वातावरण बनेको हो। प्रधानमन्त्री केपी ओलीले बुधबार राति डा। केसी पक्षलाई भेटेका थिए।