आज आइतबार, शुभाशुभ कस्तो रहनेछ ? हेर्नुहोस् आजको दिन, २०७५ फागुन १२ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको १२ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ कृष्णपक्षको पञ्चमी तिथि दिवा ११।५६ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । स्वाती नक्षत्र विहानका राति ३।३९ बजेसम्म रहनेछ । यसैगरी आज वृद्धि योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ६।३६ मा छ भने सूर्यास्त बेलुका ६।०० बजे हुनेछ ।

चन्द्रमा आज तुला राशिमा छन् । आज आइतबार सूर्य भगवान्को उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५