प्रदुषित बन्दै लुम्बिनी , सरसफाई कार्य भैरहेको छ : विकास कोष

प्रकाशित मिति:

सञ्जु पौडेल , देश तथा विदेशबाट गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै जाँदा लुम्बिनी वरपरको फोहरमैलाले भने त्यसको महत्व तथा पहिचानमा नकारात्मक असर पार्न थालेको देखिन्छ । कुल ११५५ विगाहा क्षेत्रफलमा रहेको लुम्बिनी को फोहर संकलन तथा व्यवस्थापनमा भूमिका निर्वाह गर्ने विकास कोषले गर्नुपर्ने जति कार्य गर्न नसक्दा स्थानीय तथा पर्यटकहरुको नजरमा लुम्बिनीको पहिचानमा धक्का पुगेको हो । कोषका प्रमुख इन्जिनियर सरोज भट्टराई विकास कोषले फोहर व्यवस्थापनका लागि अस्थायी रुपमा ४० जना कर्मचारी नियमित रुपमा कोषले खटाएको छ भने त्यसमा पनि १० जना महिलाहरु समर्ग लुम्बिनी गुरु योजना क्षेत्र भित्रको ११५५ बिघा क्षेत्र दिनको ८ घण्टा सरसफाईका कार्य गरिरहेको छ भने अन्य स्थायी रुपमा काम गर्दै आइरहेका कर्मचारीहरुले पनि काम गर्दै आइरहेको बताउँछन् । स्वदेशी, बिदेशी र भारतीय गरि १७ लाख पर्यटकहरु आउने हुनाले फोहोर व्यवस्थापनमा चुनौती खडा भएको भट्टराई बताउँछन् । धेरै क्षेत्रफलमा रहेको लुम्बिनीको सरसफाई काल लागि विकास कोषले परिचालन गरेका कर्मचारी अपुग भएको र स्थायी डम्पिङ समेत नगर्दा फोहरले प्रदूषण नै गर्ने गरेको पाईन्छ, उनका अनुसार त्यसका अतिरिक्त मासिक रुपमा कोष तथा आसपासकामा बिभिन्न संस्था तथा सरोकारवाला निकायहरुको संलग्नतामा फोहोर संकलनको अभियान समेत संचालन गरिदै आएको छ । नियमित सरसफाईका अतिरिक्त बिभिन्न भिभिआइपीको भ्रमणको क्रममा तथा बिशेष कार्यक्रमहरुमा बिशेष सरसफाई कार्यक्रम, पदाधिकारी, कर्मचारीहरुको नियमित अनुगमन तथा बिभिन्न स्थानमा डस्टवीन राख्ने काम समेत हुँदै आएको छ । लुम्बिनी विकास गुरुयोजना अन्तरगतकै फोहोरमैला व्यवस्थापनका लागि निर्माण गर्नु पर्ने ट्रिटमेन्ट प्लान्ट निर्माण तर्फ कोषको चासो नजाँदा फोहोरमैला व्यवस्थापनमा चुनौती झन् बढेर गएको देखिन्छ उत्पन्न भएको फोहोर व्यवस्थापनको लागि ट्रिटमेण्ट प्लान नै भए पनि हाललाई त्यसमा अझै हात हाल्न नसकिएको प्रमुख इन्जिनियर भट्टराई स्विकार्दै तीन बर्ष भित्र गुरु योजना सम्पन्न गर्ने लक्ष्य अनुरुप त्यसलाई सम्पन्न गर्ने योजना रहेको बताउँछन् ।

प्रमुख इन्जिनियर भट्टराई फोहोरको प्रमुख स्रोतको रुपमा बिशेष गरि भारतीय पर्यटकहरु एकदमै छोटो समयका लागि लुम्बिनीमा आउने र उतैबाट आफुहरुले खाने खानेकुरा लगायत कुराहरु ल्याउने र प्रयोग गर्ने कारणले पनि फोहोर बढेको बताउँछन् भने अर्को तिर लुम्बिनीमा निर्माणधिन बिभिन्न संरचना निर्माण कार्यसँग सम्बन्धित फोहोरहरुले समेत अलि बढि अव्यवस्थित बनाएको उनको भनाई छ । उनका अनुसार गुरु योजना सम्पन्न पश्चात नियमित फोहोर व्यवस्थापन गर्न सहज हुने र त्यसका लागि लुम्बिनी बिकाश कोषले सक्दो व्यवस्थापन गर्ने र गर्दै आएको बताए ।
इन्जिनियर भट्टराईले उक्त क्षेत्र नगरपालिकाको क्षेत्र भित्र रहेको भए पनि लुम्बिनी बिकाश कोषबाट सृजित फोहोर भन्दै वेवास्ता गरेको बताए । जसको परिणाम स्वरुप केही समय पहिला लुम्बिनी परिसर बाहिर फोहरको डंगुर हुँदा पनि नगरपालिकाले फोहर संकलन र व्यवस्थापन नगरेको भन्दै स्थानीयले नगरपालिकामै लगेर फोहर थुपारिदिएका थिए । त्यसको समाचार विभिन्न संचार माध्यममा प्रकाशन, प्रसारण भएपछि समाचार र स्थानियको आक्रोशले केही सजग भएको नगरपालिकाले हाल केही सरसफाईका गतिविधि सञ्चालन गर्न थालेको छ । लुम्बिनीका वजार क्षेत्र महेलवार,पर्सा, रोमहवापुर लागएतका ठाँउमा नगरपालिकाले सरसफाई व्यवस्थापन सुरु गरेको भएता पनि लुम्विन विकास कोष भित्रको क्षेत्रमा सरसफाई र फोहोरमैला व्यवस्थापन भएको देखिएको छैन । जसले गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरुका साथै स्थानीयहरुमा नकरात्मक असर पार्ने गरेको छ । कोषले विभिन्न समयमा सरसफाई सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेर सफा सुग्घर बनाउने गरेको देखिए पनि कुनैै विशिष्ट भिआईपी आउँदा र सभा समारोह सञ्चालन हंँदा मात्र विकास कोषको सरसफाईमा ध्यान जाने गरेको स्थानीयको गुनासो छ ।

स्थानीय अक्रमुदिन खाँ यहाँ होटल व्यवसाय गरिरहेका हरुले पनि फोहर मैला बाहिर लगेर गाड्ने, नालामा फाल्ने गरेको बताउँछन् । यसले लुम्बिनीको प्रतिष्ठामै आंच पुर्याउने उनको धारणा छ । यदि परिसर भित्र सरसफाई गर्न सकेन भने आउने पर्यटकहरुले नकारात्मक सन्देश लिएर फर्कने उनको भनाई छ । विकास कोष र नगरपालिकाको सम्बन्ध बारेको अन्यौलताले पनि फोहर को उचित व्यवस्थापनमा कठिनाई भएको भन्दै विकास कोषले कर्मचारी खटाएर फोहर संकलन तथा व्यवस्थापनको कार्य गरेको भएपनि पर्याप्त नभएको उनको उनको भनाई छ । स्थानीय समाजसेवी चन्द्रसेन यादव विकास कोषले धेरै लापरवाही गरेको आरोप लगाउँछन् । उनी भन्छन् ‘केही व्यवस्थापन भएकै छैन । पर्यटक आउने ठाउँ यस्तो लथालिंग छ । विकास कोषले स्थायी व्यवस्थापन स्थान तोक्न पर्यो खटाईएका कर्मचारीको कार्य बारे पनि अनुगमन बेला बेलामा गर्न जरुरी छ ।’