कुन उमेरमा कुन राशी हुनेको भाग्योदय हुँदैछ ? आफ्नो भाग्य थाहा पाउनुहोस् !

प्रकाशित मिति:

हामी सबै मानिसहरुले आफ्नो–आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ ।

भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ । फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई दुःख सम्झन्छन् ।

हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ । हाम्रो राम्रो समय कहिले आउँछ वा हामीसँग कहिले निकै धेरै पैसा हुन्छ आदि इत्यादि ।

यी यावत् प्रश्नहरुको उत्तर भृगु संहितामा बताईएको हुन्छ । भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ ।

यो ग्रन्थमा मानिसहरुको राशी अनुसार भाग्योदयको कहिले हुन्छ भन्ने बारेमा जानकारी दिइएको छ ।

राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्ः

मेष राशीः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-

मेष राशी भएका मानिसहरुको भाग्योदय उनीहरु १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ ।

वृष राशीः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

जो मानिसहरु वृष राशीका छन् उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ ।

मिथुन राशीः (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

२२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।

कर्कट राशीः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

जो व्यक्तिको राशी कर्कट छ, उनीहरुको भाग्योदय १६, २२, २४, २५, २८ वा ३२ वर्षमा हुने गर्दछ ।

सिंह राशीः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सिंह राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २४, २६, २८ र ३२ वर्षमा हुने गर्दछ ।

कन्या राशीः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कन्या राशीका मानिसहरुको भाग्योदय १६, २२, २५, ३२, ३३, ३५, ३६ वर्षमा हुने गर्दछ ।

तुला राशीः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

२४, २५, ३२, ३३, ३५ वर्षमा तुला राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।

वृश्चिक राशीः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

वृश्चिक राशीका मानिसहरुको २२, २४, २८, ३२ मा भाग्योदय हुने गर्दछ ।

धनु राशीः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

जुन मानिसहरुको धनु राशी छ उनीहरुको भाग्योदय १६, २२, ३२ वर्षमा हुने गर्दछ ।

मकर राशीः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

२५, ३३, ३५, ३६ वर्षको उमेरमा मकर राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।

कुम्भ राशीः (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

जो मानिसहरुको राशी कुम्भ हो उनीहरुको २५, २८, ३६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ ।

मीन राशीः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मीन राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३३ वर्षको उमेरमा हुने गर्दछ।