हरियो रेल चढेर किम जोङ भेट्न पुगे ट्रम्पलाई

१२ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
43 Shares


बुटवल – उत्तर कोरियाका नेता किम जोङ्ग उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न भियतनाम प्रस्थान गरेका छन् । उनी रेल चढेर भियतनामको हनोइ प्रस्थान गरेको र शनिबार चीनको सीमा शहर डाङडोङ पुगेका हुन् । ट्रम्पसँग भेटवार्ता गर्न किम आफ्नी बहिनी किम यो जोङ्ग, पूर्व जनरल किम योङ्ग चोल र आफ्ना निकटवर्तीहरुसहित रेल चढेर भियतनाम प्रस्थान गरेको बताइएको छ ।

भियतनाममा आगामी बुधबार र बिहीबार ट्रम्प–किम दोस्रो शिखर वार्ता हुँदैछ । उनीहरुबीच पहिलो ऐतिहासिक शिखर वार्ता सिंगापुरमा भएको थियो । पहिलो वार्तामा कोरियालीप्रायद्वीपलाई आणविक अस्त्रमुक्त बनाउने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभइरहेको बेला हुन लागेको दोस्रो शिखर वार्तालाई चासोका साथ हेरिएको छ । विश्वको ध्यान अहिले ट्रम्प र किमबीच भेटवार्ता हुने भियतनाममा केन्द्रित भएको छ ।

सिंगापुर वार्तामा भएका सहमति कार्यान्वयनमा भियतनाम वार्ता केन्द्रित हुने दुवै देशका अधिकारीहरुले बताएका छन् । पहिलो वार्तामा भएका सहमति कार्यान्वयनका आधार भियतनाम वार्ताले निर्माण हुने अपेक्षा गरिएको छ । दोस्रो भेटवार्ता अगाडि ट्रम्प र किमबीच पत्र आदानप्रदान भएको थियो । ती पत्रहरुमा निकै सुन्दर र मिठा शब्द प्रयोग गरिएको चर्चा मिडियाहरुमा भएका छन् । त्यसलाई पुष्टि गर्दै ट्रम्पले गत सेप्टेम्बरमा भनेका थिए, ‘हामी प्रेममा परेका छौं । किमले मलाई अति सुन्दर चिठ्ठी लेखेका छन् ।’ बीबीसीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद