पशुृपति आसपासबाट गोरखनाथ बाबाको मूर्ति चोरी

प्रकाशित मिति:

काठमाडौं  – काठमाडौं महानगरपालिका—८ पशुपति मन्दिर हंस मण्डपस्थित खुल्ला चौरबाट ढलौटमा पित्तलको लेप लगाएको करिब ३.५ फिट अग्लो ३५ किलो तौल भएको गोरखनाथ बाबाको मूर्ति शनिबार राति चोरी भएको छ ।

ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त मूर्ति सोही संस्थाबाट शिवरात्री मेलाको लागि आउने बाबाहरुले जिम्मा लिई लगेर उक्त चौरमा पाल टाँगी सुतेकोमा उक्त स्थानबाट मूर्ति चोरी भएको बताइएको छ ।  चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।