सम्पादकीय : बाटोबाट बाहिर जान नसकेको बिकाश

प्रकाशित मिति:

सामान्यतया बिका निर्माणको कार्यको रुपमा भौतिक संरचनाको निर्माणलाई मात्र बुझ्ने आम मान्यता छ । बिभिन्न संरचनाको निर्माण र हँदै सम्म बिभिन्न पुर्वाधार बिकाशको कार्यक्रमलाई मात्र बिकाश भन्ने सोंच कायमै छ । त्यसमा पनि स्थानीय क्षेत्रहरुमा पछिल्ला केही बर्षहरुमा सडकको बिस्तारलाई मात्र महत्वपुर्ण बिकाशको रुपमा बुझ्ने र त्यसलाई मात्र प्राथमिकतामा पार्ने चलन कायमै छ । बस्ति सम्म मात्र नपुगेर घरै सम्म सडक पुराउँदा त्यसले सुबिधा भन्दा बढि समस्या थपिरहेको कुरामा भने न त नागरिकको चासो छ न त अन्य नियमनकारी निकायहरुको नै चासो छ । स्थानीय तहहरुमा हुने बिकाशे योजनाहरुको बजेट यति बेला सडकमा पोखिएको छ । सडकले राताम्मे बनेका पाखाहरुमा हरियाली गर्नुपर्ने दयित्व कसको हो भनेर ख्याल नगर्ने । सडकको नाममा हुने बिकृति र असरको बारेमा चासो नदेखाउने तर कच्चा योजना र बिकाशको लागि जनप्रतिनिधीलाई उत्प्ररित गर्दा यसले जन्माउने परिस्थिति भयाभह बन्ने निश्चित जस्तै छ । पछिल्लो समय सरकारले एक करोड भन्दा सानो रकमका सडक निर्माणमा डोजरको प्रयोगमा रोक लगाउने भनेको छ तर अनावश्यक सडक बिस्तार रोक्ने र भएका सडकको स्तरोन्नतीमा ध्यान पुराउने कुनै ठोस योजना छैन । सबै तिर बाटै किन खन्नु पर्ने ? अथवा बाटोको रकम कुनै आय आर्जन र दीर्घकालिन, उत्पादनमुखी योजनामा लगाउनको लागि बिकल्प किन नखोज्ने भन्ने कुराको बहस छेड्न जरुरी भएको छ । आम नागरिकलाई अन्ध राजनीतिको बिकाश र बुझाइ त भएको छ तर बिकाश प्रतिको बुझाईमा परिवर्तन ल्याउन सकिएको छैन, जुन जरुरी छ ।