देवदह मेलामा सिङ्गीङ र डान्सिङ्ग आइडियल जित्नेलाई २५ हजार

प्रकाशित मिति:

झबिन्द्र देबकोटा,बुटवल /रुपन्देहीको देवदहमा लाग्न थालेको पाँचौ राष्ट्रिय औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवमा हुने सिङ्गीङ तथा डान्सिङ्ग आइडिय अडिसनको तयारि पुरा भएको छ । मंगलबारदेखि हुन थालेको अडिसनको तयारी पुरा भएको मेला आयोजक साँस्कृतिक उपसमितिले जनाएको हो । अडिशनबाट डान्सिङ्ग र सिङ्गिङमा टप १२÷१२ जना छनोट हुने भएका छन् । छनोटमा परेकाहरु फागुन १६ गतेदेखि हुन थालेको मेलामा आफ्नो प्रतिभाहरु प्रस्तुत गर्ने साँकृतिक उपसमिति संयोजक तेजु अर्यालले जानकारी दिए ।

मेलामा हुने प्रतिस्प्रधाबाट विजय हुने सिङ्गीङ र डान्सिङ्गले दुबैले नगद २५÷२५ हजार तथा मेडल तथा उपविजेताले १५ र तृतिय हुनेले १० हजार नगद प्राप्त गर्ने छन् । यस्तै साँकृतिक कार्यक्रमतर्फ विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, खुल्ला लोकगित प्रतियोगिता, कपल डान्स, अन्तरआमा समुह कला प्रस्तुति लगायतका प्रतिस्प्रर्धा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।