मदार बाबा मेला आज देखी विधिवत रुपमा प्रारम्भ

प्रकाशित मिति:

नवलपरासी /हिन्दु र मुस्लिम समुदायको साझा धार्मिक धरोहरको परिचित बहुचर्चित मदार बाबा मेला आइतबार देखी विधिवत रुपमा प्रारम्भ भएको छ । पचिम नवलपरासीको सुस्ता र पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिकाको सयुक्त भुभागमा लाग्ने मदारबाबा मेलामा महलबारी मस्जिदका पिठाधिश बाबा अमरुल्लाह मदार स्थानमा पुग लगत्तै विधिवत मदारबबा मेलाको सुरुवात भएको हो । सुस्ता गाउपालिका २ महलबारी देखी विधिवत प्रारम्भ भएको मदारबाबा मेलामा जान ३ घण्टा ठाडो पहाड पार गरि विनयी त्रिबेणी ६ अन्र्तगत मदार स्थानमा पुगेपछी मेलाको आर्कषण स्थान गन्तब्य हुने गर्दछ । विधिवत प्रारम्भ भएको मदारबाबा मेलामा शान्ति सुरक्षाको भरपर्दो ब्यवस्था मिलाइएको पश्चिम नवलपरासीका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्टले  जानकारी दिनुभएको छ ।

उपरिक्षक भट्ट शान्ति सुरक्षालाई विश्वसनिय र भरपर्दो रुपमा ब्यवस्था गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरी गरि सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ । दश दिन सम्म लाग्ने मदारबाबा मेलामा प्रतिदिन ५० हजारका दरले भक्तजनहरु मेलामा जाने र फर्किने गरेको सुस्ता गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोक कुमार चौधरीले जानकारी दिनुभएको छ । मदारबाबा मेलाको आकर्षक मुख्य स्थल मदार डाडा पार परेको हुदा ठुलो संख्याका भक्तजनहरुले कष्टकर गरेर मदार बाबा स्थानमा पुगेर भाकल चढाउने र पुजापाठ गर्ने प्रचलन रहको नेपाल निमावी सुस्ताका शिक्षक यमसिँह थापाले बताउनुभएको छ । सुस्ताको महलबारी गाउँबाट निकै कठिनाइ पूर्वक साढे नौ किलोमिटर पहाडी यात्रा गरेर भक्तजनहरुले बाबाको समाधीस्थल (मुख्य पूजा गर्ने स्थल) जाने गरेका छन । मुस्लिम तथा हिन्दू समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मदारबाबा मेला मानिने गरिन्छ । मेलामा आएर मदारस्थलमा पूजाअर्चना गरेमा विशेष गरी सन्तान नभएकालाई सन्तात प्राप्ति भुत प्रेत भाग्ने सहित मनोकामना पूरा हुने मुख्य धार्मिक विश्वास रहि आएको छ । यो मदारबाबा महत्वपूर्ण धार्मिकस्थलको रूपमा देश र विदेशमा परिचित छ । यस मजारमा आएर पूजा अर्चना गरेमा भक्तजनको विभिन्न किसिमको समस्या, दुःख, पीरमर्का समाधान हुने साथै परिवारमा सुखशान्ति प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ । मदारबाबा मेला विगत ३५ वर्षयता निरन्तर लाग्दै आएको छ । यस वर्षको मदारबाबा मेला आगामी फागुन २० गते महाशिवरात्रि सम्म चल्ने समितिले जनाएको छ । मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा, बाटो सडक मर्मत,शौचालय, निशुल्क औषधी, खानेपानी लगायतका सबै प्रबन्ध मिलाइएको मेला आयोजक समितिका अध्यक्ष निजामुदिन मियाको भनाइ छ ।

आजभन्दा ६०१ वर्ष पहिले यहाँ एकजना मुस्लिम समुदायका धर्म गुरुले यस क्षेत्रमा पूजा आजा गर्दै आएकामा पछिल्लो ३०÷३५ वर्षदेखि प्रत्येक वर्ष बाबाको सम्झनामा मेला लाग्दै आएको यस मदार बाबा मेलाका वर्तमान धर्म गुरु अमिरुल्ला अन्सारीको भनाइ छ । मेलामा नेपाल र भारतका गरी कूल १० लाख भक्तजन आउने विश्वास लिइएको छ । सो मेलामा नेपालभन्दा अधिकांश भारतको उत्तर प्रदेश , विहार, मध्य प्रदेश, दिल्ली , झारखण्ड, पश्चिम बंगाल प्रान्त बाट भक्तजन आउने गर्दछन् । त्यसैगरी नवलपरासी , चितवन, पाल्पा, स्याङ्जा, गुल्मी , कपिलवस्तु, दाङ , बाट समेत भक्तजन आउने गरेका छन् । मदारबाबा मेलाको मुख्य धार्मिक स्थल बाट लाखौ दान भेटी उठ्ने गरेको पाइन्छ । सोही अवसरमा सुस्ता गाउपालिकाले सरसफाईलार्य मध्यनजर गर्दै सो मेलामा ४० स्थानमा सार्वजनिक सौचालय र १८ खानेपानीका धाराहरुको ब्यवस्थापन गरिनुका साथै मेलामा होमस्टे सञ्चालन गर्नेहरुले अनिवार्य अस्थायी शौचालय निर्माण गरिनुपर्ने गाउपालिका निर्णय पश्चात अहिले उक्त स्थानमा १ सय १० शौचालय र ५० बढी धाराको प्रबन्ध मिलाइएको र प्रत्येक दिन गाउपालिकाको सहकार्यमा सो मेलामा अवस्थित पसलहरुबाट निस्कने फोहोर ब्यवस्थापनका लागी २ वटा ट्याक्टर परिचालन गरि फोहोर ब्यवस्थापन गरिएको सुस्ता गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेले जानकारी दिनुभएको छ । यसैबीच, सो मेलाई मध्यनजर गर्दै आइतबार पहिलो दिन नेपाल मुस्लिम संघ सुस्ता पश्चिम नवलपरासीले १ सय पेटी मिनरल वाटर खानेपानीको निशुल्क वितरण गरेको छ । संघका जिल्ला समापति करिम खानको अध्यक्षतामा तिर्थालु भक्तजनहरुलाई खानेपानी वितरण गरिएको हो ।