प्रेस युनियन रुपन्देहीद्वारा शिक्षा पत्रकारीता पुरस्कार स्थापना

प्रकाशित मिति:

बुटवल – प्रेस युनियन रुपन्देहीले शिक्षा पत्रकारीता पुरस्कार स्थापना, सल्लाहकार मनोनयन लगायतका निर्णय गरेको छ । युनियन रुपन्देहीकी सभापति रेखा भुसालको सभापतित्वमा आज बुटवलमा बसेको कार्यसमीती बैठकले सल्लाहकारमा हरि लम्साल, माधव नेपाल, खिमानन्द भट्टराई, रामराज पोखरेल, भवानी प्रसाद पाण्डे, डायलसन अधीकारी, यमलाल भुसाल, शारादा मल्ल र बिक्रम खड्कालाई सल्लाहकार मनोनयन गरेको हो ।

सल्लाहकार मनोनयनसगै युनियनका गतीबीधीलाई थप प्रभवकारी बनाउन सहयोग पुग्ने अपेक्षा संस्थाले लिएको छ । त्यस्तै युनियन रुपन्देहीले शिक्षा पत्रकारीता पुरस्कार समेत स्थापना गर्ने भएको छ । पुरस्कारकालागी रु एकलाख अक्षय कोष स्थापनामा आर्थीक सहयोग गर्ने युनियनका सदस्य, शिक्षा प्रेमी एवं नेपाल शिक्षक सघं प्रदेस पाँचका महासचिव लाल प्रसाद पंगेनी कृष्ण लाई बैठकले बिषेस धन्यबाद समेत दिएको छ । यसअघी युनियन रुपन्देहीले जिपी कोईराला स्मिृती उत्कृष्ट पत्रकारीता पुरस्कार समेत बितरण गर्दै आएको छ ।

शिक्षा पत्रकारीता पुरस्कारकालागी एकलाख युनियनलाई प्रदान गर्ने घोषणा पगेंनीले गर्नुभएको छ । उक्त पुरस्कारकालागी निर्देसीका बनाएर प्रत्येक बर्ष शिक्षा क्षेत्रमा योगदान गर्ने एक जना पत्रकारलाई बितरण गर्ने गरी तयारी सुरु गरीएको सचिव श्यामशंकर पाण्डेले जानकारी दिनुुभयो। युनियन रुपन्देहीले यसअघी गत तिहारमा खेलेको दैउसी भैलोमा उठेको रकमबाट पत्रकार कल्याण कारी कोष बृद्धी गर्दै दुईलाख पुर्याउने निर्णय समेत गरेको थियो । बैठकले हालैसम्पन्न भएको बनभोज कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको निकर्ष निकाल्दै उत्त कार्यक्रममा सहयोग गर्ने सवैलाई धन्यबाद ज्ञापन समेत गरेको छ । यसैबिच युनियनका सदस्य रविनमान शाक्यलाई परेको पितृशोक प्रति दुःख ब्यत्त गर्दै उनका स्वर्गीय पिता दुर्जमान शाक्यको मृतआत्मको चिरशान्तिको कामना गर्दै परिवारजन प्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।