काठमाडौँ /नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा रिपोर्टिङ गर्न गएका पत्रकारहरु कुटिएका छन् । पत्रकारहरु केशव साउद र सुनिता डंगोल कांग्रेस कार्यालयमा प्रहरीबाट कुटिएका हुन् । बाह्रखरीका साउद र नागरीकका डंगोल कांग्रेस कार्यलयमा कुटिएका हुन् ।नेपाली कांग्रेसका दुई पक्षिय विद्यार्थीहरु बिच झडप हुने क्रममा रिपोर्टीङमा रहेका पत्रकारहरुले कुटाइ खाएका हुन् । नेविसंघमा ३२ वर्षे हदबन्दी हटाउनुपर्छ भन्ने पक्ष र विपक्षमा रहेका हरुको साँढे जुधाइमा पत्रकारहरु च्यापिदै कुटाइ खाएका हुन् ।यसैक्रममा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भने रणमैदान बनेको छ । सभापती शेरबहादुर देउवा पक्ष र गैर देउवा पक्ष विद्यार्थी बिच झडप भएपछि केन्द्रीय कार्यालय रणमैदान बनेको हो ।
नेविसंघमा ३२ वर्षे हदबन्दी हटाउनुपर्छ भन्ने पक्ष र विपक्षमा दुई समुह जुलुससहित पार्टी कार्यालयमा पुगेको थियो । हदबन्दीको पक्षधरको नेतृत्वमा निवर्तमान उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र डिल्लीराम सुवेदी थिए भने विपक्षमा पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा पार्टी कार्यालय पुगेका थिए । दुवै तर्फको जुलुस आएसँगै ऋषिकेशजंग शाहको नेतृत्वमा रहेको समुहले अर्को पक्षमाथि एकाएक सांघातिक आक्रमण गरेपछि झडप स्थिति बनेको उपाध्यक्ष अधिकारीले बताए ।झडपका क्रममा १५ जनाभन्दा बढी घाइते भएको नेविसंघका निवर्तमान उपाध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार आतइबार बिहान एक पक्षले कार्यालयको पूर्वी गेट क्षेत्रमा र अर्को पक्षले पश्चिमी गेटमा जुलुस निकाल्ने सहमति भएको थियो ।
पार्टीका महामन्त्री पूर्णबहादुर खड्का र कांग्रेस पार्टी सचिव प्रदीप पराजुलीसँग समेत सल्लाह गरेर आफ्नो असहमति र दबाब कार्यक्रम गर्न स्थान तोकिएपनि आफुहरु माथि नियोजित आक्रमण गरिएको अधिकारीले आरोप लगाए । ‘बिहानको सो सहमति भइसकेपछि पनि जुलुसको क्रममा बाहिरी गुण्डा लगाएर आक्रमण गरिनु निन्दनीय छ’, अधिकारीले भने ।देउवा निकट रहेका शाह पक्षधर समुहको आक्रमणमा परि विद्यार्थी नेता दिपेन्द्र क्षेत्री, रत्नहरी ढुंगेल लगायत घाइते भएका छन् । दुई पक्ष बिच झडप भएसँगै प्रहरीले लाठि चार्ज गरेको छ । प्रहरीले लाठि चार्ज गर्दा नेविसंघका कयौ विद्यार्थीहरु घाइते भएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक बस्नु अगाडि यो अवस्था सृजना भएको हो ।