इन्टलेक्च्युअल र ब्रिटिस कलेजबिच शैक्षिक सहकार्य सहमति

प्रकाशित मिति:

बुटवल/ बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्च्युअल एकेडेमी स्कुल र काठमाण्डौको ब्रिटिस कलेज विचमा शैक्षिक सहकार्य गर्ने सहमति भएको छ । ब्रिटिस कलेजका सञ्चालक र इन्टलेक्च्युअल एकेडेमीका संचालकबिच आइतवार बुटवलमा सहमतिमा हस्ताक्षर भएको हो ।सहकार्यको सहमति पश्चात ब्रिटिस कलेजले इन्टलेक्च्युअलबाट एसइईमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई एलेभल पढ्नका लागी छात्रवृत्ती प्रदान गर्ने तथा विद्यालयका शिक्षकको स्तरवृद्घीका लागी आवश्यकता अनुसार तालिममा सहयोग गर्ने सहमति भएको छ ।

इन्टलेक्च्युअल एकेडेमीका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा ब्रिटिस कलेजका निर्देशक महेन्द« कंडेलले आफ्नो कलेजले बिद्यार्थीलाई अन्तर्राष्ट्रिय मापदण्डको शिक्षा दिइरहेको बताउदै इन्टलेक्च्युअलसंगको सहकार्य र सहमतिले दुवै संस्थाका लागी राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा इन्टलेक्च्युअलका सञ्चालक रामराज पोख्रेलले ब्रिटिस कलेजसंगको सहकार्य र सहमतिले इन्टलेक्च्युअलका विद्यार्थी, अभिभावक र शिक्षकका लागी सुनौलो अवसर भएको बताउनु भयो ।