हुवावेईले ल्यायो फाइभजी स्मार्टफोन

प्रकाशित मिति:

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता हुवावेईले आफ्नो पहिलो फोल्डिङ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । आइतवार कम्पनीले स्पेनको बार्सिलोनामा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।यसको मूल्य २ हजार ६ सय डलर तोकिएको छ । दुई डिस्प्ले स्क्रिन रहेको यो स्मार्टफोन पूरै खोल्दा ८ इन्चको डिस्प्ले हुने गरेको छ । विश्वका ठूला स्मार्टफोन निर्माता कम्पनी एप्पल तथा सामसुङलाई चुनौती दिन हुवावेईले नयाँ स्मार्टफोन ल्याएको हो ।

यससँगै हुवावेई पनि ‘फोल्डिङ स्क्रीन’ भएको स्मार्टफोन ल्याउने कम्पनीको सूचीमा जोडिएको छ । यो स्मार्टफोनमा नयाँ पुस्ताको इन्टरनेट फाइभजी पनि प्रयोग गर्न सकिन्छ । निकै तीव्र गतिको यो इन्टरनेट सेवा आगामी वर्षसम्ममा आउने अपेक्षा छ ।केही दिनअघि नै सामसुङले ‘फोल्डेबल स्क्रिन’ भएको सामसुङ फोल्ड सार्वजनिक गरेको थियो । यसका लागि २ हजार डलर मूल्य तोकिएको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा हुवावेईका उपकरणमाथि आशंका व्यक्त भइरहेको अवस्थामा कम्पनीले यस्तो स्मार्टफोन ल्याएको हो ।गत वर्ष विश्व स्मार्टफोनको व्यापारमा हुवावेई तेस्रो स्थानमा देखिएको थियो । हुवावेईभन्दा अगाडि सामसुङ र एप्पल छन् ।

थप समाचार