धादिङमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु

१३ फाल्गुन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
29 Shares


धादिङ – धादिङको गल्छीमा गाडीको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका – ५ ताल्चोकमा बा २० च ६२२१ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय कान्छी तामाङ र गल्छी – ४ की ३५ वर्षीय जमुना भूजेलको मृत्यु भएको हो ।

घटनामा गल्छी – ५ की ३६ वर्षीय धनकुमारी तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । तीनजना गफ गरेर बसेका बेला पार्किङ गर्ने क्रममा जीपले ठक्कर दिएको धादिङ्गका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । ठक्कर दिने गाडीका चालक भागेको पनि उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया