बौद्धनाथमा पोखिए कलाकारका रङ

प्रकाशित मिति:

काठमाडौं – कला, साहित्य र रंगमञ्चमा स्थानीय सम्पदा र संस्कृति प्रवद्र्धन गर्ने ध्येयले सुरु भएको ‘जेसुम यात्रा’ को पाँचौं शृंखला राजधानीको बौद्ध महाचैत्यमा सम्पन्न भएको छ। यसपटक सोनाम ल्होछारको सन्दर्भसमेत पारेर बौद्धमा गरिएको अभियान संयोजक एवं कवि अनिता लामाले बताइन्। हाइकिङको सट्टा कवि तथा चित्रकारले बौद्धनाथ महाचैत्यको एक घण्टा कोरा (परिक्रमा) गरेका थिए। ‘कोरा पनि एक प्रकार हाइकिङ नै हो’, लामाले भनिन्, ‘झन् यो सांस्कृतिक र आध्यात्मिक चेतसहितको हाइकिङ हो। ’

बौद्ध तामाङ कल्याण गुठीको सहकार्य रहेको यस पटकको यात्राअन्तर्गत कोरा सकाएपछि चित्रकार र कविले स्थलगत सिर्जना गरेका थिए। सिर्जनापछि चित्र प्रदर्शनीस“गै कवितावाचन गरिएको उक्त कार्यक्रममा साथ दिन स्थानीय जनप्रतिनिधिदेखि सांसद कृष्ण राईसम्म पनि पुगेका थिए। कविहरूले विश्व सम्पदा सूचीमा परेको बौद्धनाथको सौन्दर्य, यसको सांस्कृतिक, धार्मिक महŒव, उत्पति कथादेखि पछिल्लो सन्दर्भसमेत समेटेर कविता लेखेका थिए भने चित्रकारले यिनै पक्षलाई वाटर कलरको माध्यमबाट क्यान्भासमा उतारेका थिए।

स्थलगत सिर्जनापछिको कवि गोष्ठीमा कवि अनितास“गै शशी लुमुम्बू, फूलमान वल, विना थिङ, रमेश क“डेल, शुक्र राई, विनु पोखरेल, गायत्री धिताल, वीरवल तामाङ, धर्मनन्द भट्ट, जगत तामाङलगायतले आ–आफ्ना सिर्जना सुनाएका थिए भने चित्रकारहरू एनबी गुरुङ, डिराम पाल्पाली, डीबी राई, विनोदकुमार गुप्ता र दीपेन्द्रमान बनेपालीले आआफ्ना सिर्जना प्रदर्शनीमा राखेका थिए। प्रदर्शनीकै क्रममा चित्रकार डिराम पाल्पालीको बौद्ध ल्यान्डस्केप चित्रलाई एक ताइवानी नागरिकले १५ हजार रुपैयाँमा खरिद गरेका थिए।