अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र पार्ने कन्सलटेन्सीविरुद्ध नेविसंघकाे प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं – अष्ट्रेलियामा नेपाली बिद्यार्थी अलपत्र पर्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौमा प्रदर्शन गरेका छन्। उनीहरुले काठमाडाको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गर्दे बिद्यार्थीहरुको तत्काल उद्दार गर्न, विद्यार्थीको भविष्य अन्योल पार्ने कन्सल्टेन्सीलाई कारवाही गर्न माग गरेका छन्। नेविसंघको प्रदर्शनका कारण सो क्षेत्रमा आधा घण्टा सवारी आवागमन अवरुद्ध भएको थियो।

नेविसंघले घटनामा संलग्न दोषीलाई कारवाही नभएसम्म विरोध जारी राख्ने जनाएको छ। अध्ययनका लागि ठूलो लगानीमा अष्ट्रेलिया पुगेका एक हजार बढी विद्यार्थी अवैध कलेजमा भर्नापछि समस्यामा परेका हुन्। सो बिषयमा छानविन गर्न शिक्षा मन्त्रालयले छानविन समिति पनि गठन गरिसकेको छ। शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत दर्ता नभएका केही कन्सल्टेन्सीले सिड्नीस्थित अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेजमा विद्यार्थी पठाएको बताईएको छ।