रुपन्देही सुपर लिग,स्टार क्रिकेट क्बल डिभिजन ‘ए’ मा

प्रकाशित मिति:

रुपन्देही /रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा सानदार जित निकाल्दै स्टार क्रिकेट क्लब, ओमसतिया डिभिजन ‘बी’ बाट ‘ए’ मा उक्लिएको छ । स्टारले ज्ञानोदय क्रिकेट क्बल, मणिग्राममाथि १०१ रनको सानदार जित निकाल्यो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको स्टारले निर्धारित ५० ओभरमा ९ विकेट क्षतिमा २१८ रनको योगफल बनायो ।जसमा रुपेश बश्यालले ५८, विशाल सुनारले ४२, मौसम कान्छाले ३५ र शक्ति गौचनले नटआउट २० रनको योगदान दिए । बलिङमा ज्ञानोदयका जगत क्षेत्रीले ३, जितेन्द्र शाही र सुभम अर्यालले समान २÷२ तथा सन्तोष क्षेत्रीले १ विकेट लिए । प्रतिउत्तरमा २१९ रनको विशाल लक्ष्य पछ्याएको ज्ञानेदयले २३ ओभर १ बलमा अलआउट हुँदै जम्मा ११७ रन मात्रै बनायो । उसका लागि युवराज सेनले ३४, जितेन्द्र शाहीले २८ र मनिष पौडेलले १८ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

उसलाई सस्तैमा समेट्न स्टारका सन्देश पाण्डेले ५ विकेट लिए । यस्तै, रुपेश बश्यालले २ तथा नरेश कुमार र प्रकाश गिरीले समान १÷१ विकेट लिए । स्टारका रुपेश खेलमा म्यान अफ द म्याच घोषित भएको संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । मंगलबार डिभिजन ‘बी’ को अन्तिम खेलमा दीप क्रिकेट क्बल, बुटवल र साई ग्लोबल क्रिकेट क्लब, भैरहवाबीच प्रतिस्पर्धा हुने छ ।प्रतियोगितामा विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ द म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ । लिग चैत ६ गतेसम्म चल्ने छ ।