नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयले विविध कार्यक्रम गरि स्वर्ण महोत्सव मनायो

प्रकाशित मिति:

नवलपरासी/पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ जहदामा अवस्थित नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयले ३ दिवसिय विविध कार्यक्रम गरि आफ्नो स्वर्ण महोत्सव मनाएको छ । विद्यालयले गत फागुन ११ गते देखि विभिन्न कार्यक्रमको साथमा स्वण महोत्सव मनाईरहेको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्र काफ्लेको समयोजकत्व, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष देव बहादुर चौधरीको अध्यक्षता एवं प्रदेश नम्बर ५ का सांसद दिपेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याको विशिष्ट अतिथ्यता एवं वरिष्ट कलाकार टिका पहारीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद अधिकारीले अहिलेको समयमा निर्वाहमुखी शिक्षाले शैक्षिक क्षेत्रमा कुनै विकास नहुने र प्रतिस्पर्धामा जान नसकिने भएकोले समय अनुसार शिक्षा क्षेत्रमा परिवर्तन हुंदै जानु आवश्यक रहेकोमा जोड दिदै शिक्षाको क्षेत्रमा प्रदेश सरकार अर्जुन दृष्टीका साथ काम गरिरहेको र सामुदायिक विद्यालयहरुका विविध समस्याहरुको समाधानका लागी सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्मा  विशेष अतिथिको रुपमा रहनुभएका पहाडी परिवारका सस्थापक सदस्यहरुमध्य वरिष्ट कलाकार टिका पहारी, उत्कृष्ट चन्दादाता एवं समाजसेवी मनोज कार्की, वडा नम्बर १३ का वडाध्यक्ष नर बहादुर चौधरी, समाजसेवी निमानन्द न्यौपाने, अनिल गौण, दाउन्नेदेवी मावीका प्रअ चिरञ्जिवी खनाल, पुर्व विद्यार्थी राम जी शर्मा लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । सोही कार्यक्रममा विद्यालयको प्रथम ब्याट्च २०४४ सालमा एसएलसीमा सहभागि हुने १४ जना पुर्व विद्यार्थी, विद्यालयलाई अतुलनिय योगदान पुर्याउनेहुने चन्दादाता, विद्यालयको विविध गतिविधिमा सहयोग गर्नुहुने समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्मी लगाएतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयको समस्त गतिविधिलाई समेटिएको विद्यालयको स्वर्ण स्मारिका समेत विमोचन गरिएको थियो । ३ दिन सम्म संचालन भएको स्वर्ण महोत्सव समारोहमा विद्यालयका शिक्षक, शिक्षिका, विद्यालय ब्यवस्थापन समितिका सदस्य, अभिभावक, विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, जप्रतिनिधि, सञ्चारकर्मी लगाएत शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो । २०१३ सालमा स्थापना भएको यस विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि विभिन्न ब्यक्तित्वहरुबाट एक करोड भन्दा बढिको सहयोग प्राप्त भएको महोत्सव आयोजक समितिका सचिव एवं प्रवक्ता सविन पाठकले जानकाी दिनुभएको छ । विद्यालयले आफ्नो ५० औं बर्ष प्रवेशको अवसरमा स्वर्ण महोत्सव मनाउनुपर्ने भएपनि आर्थिक अभावका कारण विद्यालयले स्वर्ण महोत्सव मनाउन समेत सकेको थिएन । विद्यालयले विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाएर ६३ औं बर्षमा आएर स्वर्ण महोत्सव मनाएको हो । स्वर्ण महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरु मिलन लामा, लागएत स्थानयि कलाकारको प्रस्तुती संग संगै विद्यार्थीहरुले समेत आ आफ्नो सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । समयोजक महेन्द्र काफ्लेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महोत्सवका सचिव एवं प्रवक्ता सविन पाठक र शिक्षक विश्वराज भट्राईले गर्नुभएको थियो । भने कार्यक्रममा सम्पुर्णमा शिक्षक रेवती ज्ञवलीले धन्याबादज्ञापन गर्नुभएको थियो ।